अरुणाचल प्रदेश भारतकै हो : भारतीय विदेश मन्त्रालय « Khabarhub

अरुणाचल प्रदेश भारतकै हो : भारतीय विदेश मन्त्रालय


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको विदेश मन्त्रालयले अरुणाचल प्रदेश आफ्नो मुलुकको अविभाज्य हिस्सा रहेको दोहोर्‍याएको छ । पछिल्लो समय अरुणाचलका विषयमा चर्चा भइरहेका बेला भारतीय विदेश मन्त्रालयले आफ्नो अडान दोहोर्‍याएको हो ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले अरुणाचल प्रदेश भारतको हिस्सा रहेको बारम्बार उल्लेख गरिरहेको भन्दै यसबारे कुनै हस्तक्षेप स्वीकार्य नरहेको प्रष्ट्याएका छन् । भारतको प्रशासनमा रहेको अरुणाचल प्रदेशमा चीनले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

गत महिना चीनको शाङ्घाई विमानस्थलमा अरुणाचल प्रदेशका भारतीय नागरिक पक्राउ परेपछि भारतको यस्तो प्रतिक्रिया आएको हो । प्रवक्ता जयसवालले उक्त घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

भारतले यसबारे चिनियाँ पक्षसँग औपचारिक रुपमा विरोध जनाएको छ । यस घटनासँगै भारतले पनि चीनमा ट्रान्जिट भएर जाने भारतीय नागरिकलाई सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : ४७ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई