अरुणाचल प्रदेश भारतकै हो : भारतीय विदेश मन्त्रालय « Khabarhub

अरुणाचल प्रदेश भारतकै हो : भारतीय विदेश मन्त्रालय


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको विदेश मन्त्रालयले अरुणाचल प्रदेश आफ्नो मुलुकको अविभाज्य हिस्सा रहेको दोहोर्‍याएको छ । पछिल्लो समय अरुणाचलका विषयमा चर्चा भइरहेका बेला भारतीय विदेश मन्त्रालयले आफ्नो अडान दोहोर्‍याएको हो ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले अरुणाचल प्रदेश भारतको हिस्सा रहेको बारम्बार उल्लेख गरिरहेको भन्दै यसबारे कुनै हस्तक्षेप स्वीकार्य नरहेको प्रष्ट्याएका छन् । भारतको प्रशासनमा रहेको अरुणाचल प्रदेशमा चीनले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

गत महिना चीनको शाङ्घाई विमानस्थलमा अरुणाचल प्रदेशका भारतीय नागरिक पक्राउ परेपछि भारतको यस्तो प्रतिक्रिया आएको हो । प्रवक्ता जयसवालले उक्त घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

भारतले यसबारे चिनियाँ पक्षसँग औपचारिक रुपमा विरोध जनाएको छ । यस घटनासँगै भारतले पनि चीनमा ट्रान्जिट भएर जाने भारतीय नागरिकलाई सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : ४७ बजे

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले