क्षमता विकासमा सहयोग गरेको भन्दै सेसेल्सले गर्‍यो भारतको प्रसंशा « Khabarhub

क्षमता विकासमा सहयोग गरेको भन्दै सेसेल्सले गर्‍यो भारतको प्रसंशा


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नो मुलुकको क्षमता विकासमा सहयोग गरेको भन्दै हिन्द महासागरमा अवस्थित मुलुक सेसेल्सले भारतको प्रसंशा गरेको छ । भारतका लागि सेसेल्सकी उच्चायुक्त ललाटियाना अकौचेले क्षमता विकासका लागि भारतीय सहयोगको प्रसंशा गरेकी हुन् ।

डब्लूआईओएनसँगको कुराकानीका क्रममा द्विपक्षीय सहकार्य अझ गहिरो बन्दै गइरहेको भन्दै उनले यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् । उनले भारतले सेसेल्सका १ हजारभन्दा धेरै क्षेत्रमा सहयोग गरिरहेको उल्लेख गरिन् ।

सङ्ख्यामा सानो भएपनि जनसङ्ख्याका अनुपातमा यो सेसेल्सका लागि ठूलो सहयोग रहेको बताइन् । भारतले सेसेल्सका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई तालिम दिइरहेको बताउँदै उनले सेसेल्सको रक्षा र प्रहरी संगठनका १० अधिकारीहरुले हाल भारतमा प्रशिक्षण लिइरहेको जानकारी दिइन् ।

उनले सेसेल्समा बिरामी हुने व्यक्ति विदेशमा उपचार गर्न जानुपर्ने अवस्था आए भारतलाई नै रोज्ने गरेको पनि बताइन् । उनले भारत र सेसेल्सबीच हवाई सम्पर्क पनि विस्तार भइरहेकोमा सन्तोष व्यक्त गरिन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : ५९ बजे

गगन-विश्वको प्रतिवेदन पारित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

विशेष महाधिवेशनमा धमाधम भोजन ! (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन