क्षमता विकासमा सहयोग गरेको भन्दै सेसेल्सले गर्‍यो भारतको प्रसंशा « Khabarhub

क्षमता विकासमा सहयोग गरेको भन्दै सेसेल्सले गर्‍यो भारतको प्रसंशा


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नो मुलुकको क्षमता विकासमा सहयोग गरेको भन्दै हिन्द महासागरमा अवस्थित मुलुक सेसेल्सले भारतको प्रसंशा गरेको छ । भारतका लागि सेसेल्सकी उच्चायुक्त ललाटियाना अकौचेले क्षमता विकासका लागि भारतीय सहयोगको प्रसंशा गरेकी हुन् ।

डब्लूआईओएनसँगको कुराकानीका क्रममा द्विपक्षीय सहकार्य अझ गहिरो बन्दै गइरहेको भन्दै उनले यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् । उनले भारतले सेसेल्सका १ हजारभन्दा धेरै क्षेत्रमा सहयोग गरिरहेको उल्लेख गरिन् ।

सङ्ख्यामा सानो भएपनि जनसङ्ख्याका अनुपातमा यो सेसेल्सका लागि ठूलो सहयोग रहेको बताइन् । भारतले सेसेल्सका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई तालिम दिइरहेको बताउँदै उनले सेसेल्सको रक्षा र प्रहरी संगठनका १० अधिकारीहरुले हाल भारतमा प्रशिक्षण लिइरहेको जानकारी दिइन् ।

उनले सेसेल्समा बिरामी हुने व्यक्ति विदेशमा उपचार गर्न जानुपर्ने अवस्था आए भारतलाई नै रोज्ने गरेको पनि बताइन् । उनले भारत र सेसेल्सबीच हवाई सम्पर्क पनि विस्तार भइरहेकोमा सन्तोष व्यक्त गरिन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ४ : ५९ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको