पाकिस्तानको सिन्धमा पोलियो रोगको विस्तार तीव्र « Khabarhub

पाकिस्तानको सिन्धमा पोलियो रोगको विस्तार तीव्र


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा पोलियो रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । खासगरी सिन्ध प्रान्तमा पोलियो रोग विस्तार तीव्र गतिमा भइरहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

हालसम्म सिन्धका २१ युनियन परिषदमा पोलियो रोगका बिरामी देखा परेका छन् । पोलियोको विस्तार तीव्र भएसँगै त्यहाँको सरकारले आवश्यक सावधानी र नियन्त्रणका उपाय अपनाउन अधिकारीलाई निर्देशन दिएका छन् ।

यस वर्षको मध्यदेखि हालसम्म वातावरणीय नमूनाको परीक्षण गर्दा ७५ प्रतिशतमा पोलियो पोजेटिभ देखिएको डनले उल्लेख गरेको छ । यो दशक यताकै उच्च हो ।

सिन्ध प्रान्तमा डिसेम्बर १५ देखि २१ सम्म राष्ट्रिय रोग प्रतिरोधात्मक दिवस मनाइँदैछ । यस क्रममा १ करोड ६ लाख बालबालिकालाई पोलियोविरुद्धकोे खोप लगाइने तयारी भइरहेको छ ।

यस क्रममा ८० हजारभन्दा धेरै स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । यसको सुरक्षाका लागि ४०० महिला प्रहरीसहित १२ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ४५ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको