पाकिस्तानको सिन्धमा पोलियो रोगको विस्तार तीव्र « Khabarhub

पाकिस्तानको सिन्धमा पोलियो रोगको विस्तार तीव्र


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा पोलियो रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । खासगरी सिन्ध प्रान्तमा पोलियो रोग विस्तार तीव्र गतिमा भइरहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

हालसम्म सिन्धका २१ युनियन परिषदमा पोलियो रोगका बिरामी देखा परेका छन् । पोलियोको विस्तार तीव्र भएसँगै त्यहाँको सरकारले आवश्यक सावधानी र नियन्त्रणका उपाय अपनाउन अधिकारीलाई निर्देशन दिएका छन् ।

यस वर्षको मध्यदेखि हालसम्म वातावरणीय नमूनाको परीक्षण गर्दा ७५ प्रतिशतमा पोलियो पोजेटिभ देखिएको डनले उल्लेख गरेको छ । यो दशक यताकै उच्च हो ।

सिन्ध प्रान्तमा डिसेम्बर १५ देखि २१ सम्म राष्ट्रिय रोग प्रतिरोधात्मक दिवस मनाइँदैछ । यस क्रममा १ करोड ६ लाख बालबालिकालाई पोलियोविरुद्धकोे खोप लगाइने तयारी भइरहेको छ ।

यस क्रममा ८० हजारभन्दा धेरै स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । यसको सुरक्षाका लागि ४०० महिला प्रहरीसहित १२ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ४५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने