भूकम्पबाट हुनसक्ने मानवीय कम गर्न भवन निर्माण ऐन कार्यान्वयनमा जोड « Khabarhub

भूकम्पबाट हुनसक्ने मानवीय कम गर्न भवन निर्माण ऐन कार्यान्वयनमा जोड


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भूकम्पबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न भवन निर्माण ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज विराटनगरमा २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले भवन निर्माण ऐन ल्याउने तयारी गरिरहेको बताएका छन् । 

उक्त ऐनमा मन्त्रालयका प्राविधिकद्वारा अनुगमन गरी नक्सापासको स्वीकृति दिने प्रावधान रहेको मन्त्री भण्डारीले जानकारी दिए। उनले सरकारले सुरक्षा निकायलाई साधन सम्पन्न बनाएर विपद्को जोखिममा क्षति न्यूनीकरणका लागि कार्य गरिरहेको बताए।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक साह, इञ्जिनीयर अरविन्द बस्नेत र कानुन मन्त्रालयका सहसचिव कमल थापाले भवन निर्माण गर्दा अपनाउनु पर्ने कार्यविधि, भूकम्प आउँदा कसरी सुरक्षित हुनेलगायत विषयमा जानकारी प्रस्तुत गरेका थिए।

विपद् जोखिम समन्वय विज्ञ रामकुमार दाहालले भूकम्प प्रतिरोधी बलियो संरचना निर्माण, सुदृढ पूर्वतयारी र सचेतना यसअघि आएका भूकम्पले सिकाएको पाठ भएको बताए। भूकम्पबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ३१ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम