खानेपानीका कामहरू अगाडि बढाउन सरकार र युनिसेफबीच समझदारी « Khabarhub

खानेपानीका कामहरू अगाडि बढाउन सरकार र युनिसेफबीच समझदारी


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादव तथा नेपालका लागि युनिसेफका  प्रतिनिधि एलिस् अकुङ्गाबीच खानेपानी तथा सरसफाइको क्षेत्रमा सरकार र युनिसेफको संयुक्त साझेदारीबाट आगामी कामहरू अगाडि बढाउने विषयमा समझदारी भएको छ । 

बुधबार मन्त्रालयमा मन्त्री यादवसँग नेपालका लागि युनिसेफका प्रतिनिधि अकुङ्गासँगको छलफलका क्रममा सो समझदारी भएको हो । छलफलकै क्रममा मन्त्री यादवले युनिसेफले नेपालमा खानेपानी, सरसफाइ एवम् स्वच्छताका क्षेत्रमा थुप्रै काम गरेको प्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा नेपालमा युनिसेफका खानेपानीको क्षेत्रमा के कस्ता कामहरू रहेका छन् सो विषयमा जानकारी लिएका थिए ।

मन्त्री यादवले विसं २०७६ असोज १३ गते नेपाल एसियाकै प्रथम खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न सहयोग गर्ने विकास साझेदार संस्था मध्ये एक युनिसेफ भएकाले धन्यवाद व्यक्त गरेका थिए । 

सोही क्रममा मन्त्री यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी लक्ष्यहरु पूरा गर्न दीर्घकालीन रणनीतिक योजना बनाउन युनिसेफसँगको सहजीकरण आवश्यक रहेको कुरा धारणा राखेका थिए ।

मन्त्रालयमा भएको उक्त छलफल कार्यक्रममा नेपालका सात सय ५३ वटै पालिकाहरूको पानी, सरसफाइ, र स्वच्छता योजना (वास प्लान) बनाउन सहकार्य गर्ने, खानेपानी मन्त्रालयका प्राविधिकहरूलाई स्वदेश वा विदेशमा के कस्तो तालिम दिन सकिन्छ सो विषयमा आवश्यक संयुक्त पहल गर्ने लगायतका विषयमा विस्तृत रूपमा छलफल भएको थियो ।

यसै गरी पानीको गुणस्तर जाँच, शुद्धीकरण र गुणस्तरीयता मापन, विभिन्न दातृ निकायहरुसँग एकद्वार प्रणालीमार्फत खानेपानी तथा सरसफाइ क्षेत्रका परियोजनाहरू, युनिसेफसँग मिलेर पूर्व सूचना प्रणाली तथा अस्थायी खानेपानी आपूर्ति प्रणाली सिर्जना गर्ने विषयमा छलफल गरेका भएको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ३६ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम