पोखरामा जस्तै धरौटीको बैंक ग्यारेन्टी मिलेपछि रिहा भए रवि « Khabarhub

पोखरामा जस्तै धरौटीको बैंक ग्यारेन्टी मिलेपछि रिहा भए रवि


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

रविसँग जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले मागेको ६० लाख रुपैयाँ धरौटीका लागि प्रभु बैंक ग्यारेन्टी बसेपछि लामिछाने बुधबार नै साँझ रिहा भएका हुन् । यदि धरौटी बुझाउन नसकेको या बैंक ग्यारेन्टी नभएको भए कम्तीमा एक दिनका लागि रवि जेल जानुपर्ने अवस्था हुन्थ्यो ।

रविले ६० लाख रुपैयाँ तिर्न नसकेको अवस्थामा आफूले तिरिदिने भन्दै प्रभु बैंक ग्यारेन्टी बसिदिएपछि रवि अदालत परिसरबाट खुसी हुँदै बाहिरिएका छन्।

काठमाडौं जिल्ला अदालत, रवि र प्रभु बैंकबीचको छलफलपछि यस्तो निर्णय भएको हो । अब बैंकले ग्यारेन्टीको रकम रविबाट लिनेछ ।

यसअघि जिल्ला अदालत कास्कीमा पनि उनले ६५ लाख धरौटी तिरेर गत बिहीबार रिहा भएका थिए । त्यसपछि उनी काठमाडौं जिल्ला अदालतमा चलेको मुद्दाका लागि आइतबार उपस्थित भएका थिए ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश गरेको केही घण्टामै रविले ६५ लाख बैंक ग्यारेण्टी देखाएका थिए । लामिछानेका तर्फबाट रमानन्द घिमिरेले जमानत दिएको प्रभु बैंकको पत्रमा पेश गरिएको थियो ।

चन्द्रकान्त लामिछानेको नाति लालचन्द्र लामिछानेको छोरा काठमाडौँ जिल्ला वडा नम्बर ०६ बस्ने वर्ष ४९ को रविविरुद्ध कास्की अदालतमा सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलेको थियो । पुस २४ गतेको मितिमा २५ गते बेलुका आदेश आएलगत्तै प्रभु बैंक ग्यारेण्टी बसेपछि उनी रिहा भएका थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : २९ बजे

ट्रम्पको अल्टिमेटमपछि दबाबमा ईयू

ब्रसेल्स- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने

भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा

विज्ञापन नै गर्न नपाइने मदिरा र चुरोटको विज्ञानपनमा कम्पनीले गरे ४७ करोड बढी खर्च

काठमाडौं– सरकारले विज्ञापनमा रोक लगाएको मदिरा र सुर्तीजन्य वस्तुको विज्ञापनमा

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रूख कटान आदेश

म्याग्दी– म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका

वीरगञ्जबाट समातिएका प्रसाईंविरुद्ध तीन दिन म्याद थप

काठमाडौं- पर्साको वीरगञ्जबाट सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध