जसपाका पूर्वप्रदेश अध्यक्ष प्रवीण चाम्लिङ माओवादी प्रवेश « Khabarhub

जसपाका पूर्वप्रदेश अध्यक्ष प्रवीण चाम्लिङ माओवादी प्रवेश


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा) नेपालका कोशी प्रदेश पूर्वअध्यक्ष प्रवीण चाम्लिङलाई पार्टीमा भित्र्याएको छ । 

झापाको दमकमा शनिबार आयोजित खबरदारी सभामा माओवादी केन्द्रले सामाजिक अभियान्तासमेत रहेका जसपा नेपालका नेता चाम्लिङलाई पार्टीमा भित्र्याएको हो ।  

खबरदारी सभामा चाम्लिङसँगै दमक नगरपालिकाका विभिन्न वडाबाट सयौँ नेता–कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश भएका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।  

सचिवालयका अनुसार पार्टी प्रवेश गर्नेहरूमा जसपा नेपालका दमक नगर समिति पूर्व अध्यक्ष खेम दाहाल, नेकपा एमाले झापाका पूर्व जिल्ला सदस्य मेघप्रसाद दाहाल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला सदस्य गोविन्द भट्टराई, राप्रपाका इन्द्रबहादुर तामाङ, कांग्रेसका राजेश ठकुरी, रास्वपाका प्रेमप्रसाद दाहालसहित विभिन्न तहका सयौँ नेता–कार्यकर्ताहरू माओवादी केन्द्र प्रवेश गरेका छन् । 

दमन नगरपालिका वडा नम्बर ४ बाट मात्रै १२९ जना माओवादी केन्द्रमा प्रवेश गरेको पार्टीको नगर समितिले दाबी गरेको छ । अन्य पार्टी परित्याग गरेर आएकाहरूलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ३ : ३१ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था