प्रधानमन्त्री कपमा आज दुई खेल : आर्मी र कोशी, मधेश र पुलिस भिड्दै « Khabarhub

प्रधानमन्त्री कपमा आज दुई खेल : आर्मी र कोशी, मधेश र पुलिस भिड्दै


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। शनिरबार नेपाल आर्मी क्लब र कोशी प्रदेशको खेल भैरहवाको सिद्धार्थनगर मैदानमा हुनेछ भने मधेश र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ। दुवै खेल बिहान ९ बजे सुरु हुने छन्।

जारी प्रतियोगितामा आर्मीले तीन खेलमा तीन जित निकाल्दै ६ अंक बटुलेको छ। आर्मी तालिकाको शीर्ष स्थानमा छ। तीनमा तीन खेल नै गुमाएर तालिकाको पुछारमा रहेको कोशीले आज आर्मीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल प्रहरीले समान ६ अंक बनाए पनि रनरेटको आधारमा अंक तालिकामा दोस्रो स्थानमा छ। तीनमा एक खेल गुमाएको सशस्त्र प्रहरी क्लब चार अंकसहित तेस्रो स्थानमा छ। समान चार अंक भए पनि लुम्बिनी प्रदेश रनरेटका आधारमा चौथो स्थानमा छ।

मधेश, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीले दुईदुई अंक जोडेका छन्। मधेशले दुई खेल मात्र खेलेको छ भने सुदूरपश्चिमले चार खेल खेलिसकेको छ। गण्डकी, कर्णाली र बागमतीले तीनतीन खेल खेलिसकेका छन्।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : १३ बजे

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब

पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ्यो

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण