आजका समाचार : बृहत् विरोध सभाको तयारीमा मोर्चा, नारायणहिटी अगाडि राजावादीको प्रदर्शन र युक्रेन युद्ध अन्त्यको सम्भावना | Khabarhub Khabarhub

आजका समाचार : बृहत् विरोध सभाको तयारीमा मोर्चा, नारायणहिटी अगाडि राजावादीको प्रदर्शन र युक्रेन युद्ध अन्त्यको सम्भावना


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

 सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चा
समाजवादी मोर्चा, नेपालले सरकारको कुशासन र अस्तव्यस्तताका कारण जनतामा तीव्र रुपमा बढ्दै गएको असन्तुष्टि र आक्रोशले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र समाजवादको यात्रामा चुनौती देखा परेको जनाएको छ ।

राजावादी शक्तिहरूको फागुन २५ को प्रदर्शनपछि हच्किएको मोर्चाले चैत १५ गतेका लागि तय गरेको बृहत् विरोध सभाबारे जानकारी दिए शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारमाथि टिप्पणी गर्दै यस्तो आरोप लगाएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मनोमानी, जनहितविपरितका क्रियाकलापका कारण नागरिकमा उत्पन्न असन्तुष्टिलाई देखाएर प्रतिगामी शक्तिले राजतन्त्र पुनर्स्थापनाका लागि षड्यन्त्र गरिरहेको मोर्चाको ठहर छ ।

देशको इज्जत र प्रतिष्ठा बढाउन समाजवादी गणतन्त्र आवश्यक : माधव नेपाल

पूर्वराजालक्षित अभिव्यक्ति पुरानै तथ्य र प्रमाणका आधारमा दिएको हुँ : प्रचण्ड

बृहत् विरोध सभाको तयारीमा जुटेको मोर्चा नागरिक समाजसँग परामर्शमा

एकीकृत समाजवादीको ‘समाजवादी अभियान’ सुरु

‘जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान जान आवश्यक’

समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो : महासचिव पोखरेल

गठबन्धन सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई संकटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटमा उनले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको वास्तविकता सुनाउँदै उनले त्यो परिस्थितिको उपज भएको बताए।

देश संकटोन्मुख हुँदा सधैँ नेपाली कांग्रेसले अग्रपङ्तिमा रहेर काम गरेको उल्लेख गर्दै उनले संकटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको हो भने। जनताले परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार हुनुपर्नेमा उनले जोड दिए । उनले कम बोल्ने र अधिक काम गर्ने समय भएको बताए।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट पारे ।

रास्वपा सांसदद्वयको अभिव्यक्तिप्रति डा. केसीको आपत्ति

बीआरआई नेपालको विकास गर्ने अवसर हो : झलनाथ खनाल

‘चीनसँगको सहकार्यलाई पारस्परिक हितमा लगानी बढाउनुपर्छ’

शिक्षकका माग शीघ्र सम्बोधन गर्नुपर्नेमा प्रचण्डको जोड

पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री  सिंह

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन
पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत राजावादीले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन् ।

शाही युवा शक्ति नेपाल नामक संगठनको अगुवाईमा राजावादीहरूले शनिबार दिउँसो नारायणहिटी अगाडि प्रदर्शन गरेका हुन् ।

‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गरौँ । राजा जनता एक हौँ’ लेखिएको ब्यानर र राष्ट्रिय झण्डासहित आएको समूहले नारायणहिटीको प्रवेश द्वार अगाडि यातायात अवरुद्ध हुने गरेर प्रदर्शन गरिरहेका छन् ।

पछिल्लो समय विभिन्न राजावादी समूहहरू नारायणहिटी दरबार संग्राहलय अघि पुगेर राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

तस्बिरहरू

दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक : मुख्यमन्त्री कार्की

स्ववियु निर्वाचन : कैलालीमा अनेरास्ववियु र राप्रविसंघका उम्मेदवार नेविसंघ प्रवेश

विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन सर्‍यो

काठमाडौं तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

कैलालीको मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग

रुससँगको वार्ताले युद्ध अन्त्यको सम्भावना बढायो’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको वार्ता राम्रो र उपलब्धिमूलक भएको बताएका छन्। पुटिन र अमेरिकी दूत स्टिम विटकोभको बीचमा भएको वार्तापछि ट्रम्पको यो प्रतिक्रिया आएको हो।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले डरलाग्दो र रक्तपातपूर्ण युद्धको अन्यको सम्भावनाको कुरा भएको बताए। यस बिचमा युक्रेनी राष्ट्रपति भोलोडोमिर जलेन्स्कीले रुसी राष्ट्रपति युद्ध चाहेकाले वार्ताबाट भाग्न चाहेको बताए। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युद्ध विरामको प्रक्रियामा रुसले कुनै खेल खेल्न नहुने बताए।

यस अघि नै साताको सुरुवातमा युक्रेनले अमेरिकाले राखेको युद्ध विरामको प्रस्तावलाई स्वीकार गरी सकेको छ। रुसले भने स्वीकार गर्न बाँकी छ। पुटिनले आफू वार्ताका लागि सकारात्मक भए पनि केही अप्ठेरो अवस्था रहेको बताए। जेलेन्स्कीले भने बारम्बार पुटिनले स्थितिमा अप्ठेरो शर्त राख्दै वार्ताबाट भाग्न चाहेको आरोप लगाइरहेका छन्।

स्टेइमरले पनि रुसी राष्ट्रपति वार्तामा गम्भीर नभएको आरोप लगाएका छन्। गएको शनिबार स्टेइमरले २५ भन्दा बढी देशका नेतासँग भिडियो कल गर्दै लन्डन सम्मेलनले तय गरे जस्तै शान्ति प्रक्रियामा लागि सबैले चासो दिनु पर्नेमा जोड दिएका थिए।

कार्नीले सम्हाले क्यानडाको सत्ता

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

अमेरिका र दक्षिण अफ्रिकाबीच तनाव, राजदूत रसूल निष्काशित

श्रीलंकामा बाली नस्ट गर्ने वन्यजन्तुको गणना र नियन्त्रण

रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी

युक्रेन युद्धविरामका लागि पुटिनलाई दबाब दिन विश्व नेताहरूलाई आग्रह






प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ७ : ५२ बजे

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली

प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी

किएभ – रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू

चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’

काठमाडौं – भीमदर्शन रोका स्मृति कोषले आज काठमाडौँमा एक समारोहकाबीच