प्राधिकरणका प्रवक्ता भन्छन्- भारतबाट ढल्केबरमा जोडिने लाइनमा फल्ट देखियो « Khabarhub

प्राधिकरणका प्रवक्ता भन्छन्- भारतबाट ढल्केबरमा जोडिने लाइनमा फल्ट देखियो


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार साँझ संघीय राजधानी काठमाडौंसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ।

खाना पकाउने समयमा बिजुली जाँदा काठमाडौं उपत्यकासहित देशका धेरैजसो भाग अन्धकार भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सब-स्टेसन प्राविधिक समस्या आउँदा देशभर अघोषित लोडसेडिङको अवस्था आएको हो ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले ढल्केबर सब-स्टेशनमा प्राविधिक समस्या देखिँदा काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वीभागमा बत्ती गएको बताएका छन् ।

उनका अनुसार भारतबाट आउने लाइनमा फल्ट हुँदा बिजुली गएको हो । ‘भारतबाट बेलुका त बिजुली आउँदैन । दिउँसो मात्रै आउने भए पनि फल्ट हुँदा समस्या भएको हो’, उनले भने, ‘बिजुली नआए पनि फ्रिक्वेन्सी मिलाउनुपर्ने हुन्छ । अहिले फल्ट भेटिएको स्थानमा मर्मत भइरहेको छ । केही बेरमा बिजुली आउँछ ।’

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ७ : २३ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन