नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?    « Khabarhub

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना एन आई ३१ शुक्रबार (आज)बाट निष्कासन भएको छ । 

उक्त फण्डमा २ करोड ५० लाख इकाई रहेको छ । जसमा १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ । 

बाँकी रहने १ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरूमा १ करोड १२ लाख ५० हजार इकाई सार्वजनिक निष्कासनको रुपमा बिक्रीका लागि खुल्ला गरिएको छ । 

फण्डमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा पुरै इकाइमा आवेदन नपरेमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ । फण्डको मूल्य प्रति इकाई १० रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १०० इकाइका लागि र उच्चतम् वा २५ लाख इकाईका लागि आवेदन दिन सकिने छ । 

फण्डले नेपाल धितोपत्र बोर्डबाट साउन ८ गते अनुमति पाएको थियो । एन आई ३१ फण्डको कोष प्रबन्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापक र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

उक्त फण्डको सुपरीवेक्षक ५ जना रहेका छन् । जसमा प्राध्यापक पवन कुमार ओझा पूर्वमहान्यायाधिवक्ता, कानुन व्यवसायमा ३० वर्ष भन्दा बढीको अनुभव, हाल वरिष्ठ अधिवक्ताको रूपमा कार्यरत गरेका छन् । 

प्राध्यापक डा. विजय कुमार के.सी. शिक्षाविद्, शिक्षण तथा अनुसन्धानमा ४९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । धितोपत्र बोर्डका पूर्व सञ्चालक विनोद बाबु काफ्ले जो निजामती सेवामा ३० वर्षभन्दा बढीको अनुभव रहेका व्यक्ति छन् । 

त्यस्तै,  बिमा समितिका पूर्व अध्यक्ष प्राध्यापक डा.फत्त बहादुर के.सी. समेत छन् । जसको शिक्षण तथा अनुसन्धानमा ३६ वर्षभन्दा बढीको अनुभव रहेको छ । महालेखा परीक्षकको कार्यालयका पूर्व प्रशासक (उप–महालेखा परिक्षक) देव बहादुर बोहोरा समेत कोष सुपरिवेक्षकको रुपमा छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : ५४ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी