प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्‌घाटन गर्दै « Khabarhub

प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्‌घाटन गर्दै


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

धनुषा– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्‌घाटन गर्ने कार्यक्रम छ । 

जनकपुरधाम उपमहानगरपालिका–४ मा करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा प्रदेश प्रहरी कार्यालय निर्माण गरिएको भवन प्रधानमन्त्रीले उद्‌घाटन गर्ने कार्यक्रम रहेको मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जानकारी दिए । 
    
विसं २०८० असोज १० निर्माण सम्झौता भई भवन निर्माण सुरु भएको थियो ।  प्रधानमन्त्री ओलीले आजै महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्र सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले जानकारी दिए । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्डको आठ दशमलव ३८४ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो ।

विसं २०८३ चैत ११ गतेभित्र सम्पन्न गर्नुपर्ने यस परियोजनाको कूल रु ३४ करोड ६९ लाख ५० हजार ६१६ रहेको छ । विश्व बैंकको ऋण सहयोगबाट निर्माण हुने यो सडक रु १९ करोड सात लाख ८३ हजार ६१८ मा ठेक्का सम्झौता भएको छ । 

यस योजनाअन्तर्गत प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोडिने छ । 

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : ४४ बजे

रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी