‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री « Khabarhub

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री भएको छ । झरी पछिको इन्द्रेणीको अस्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका छन् ।

अष्ट्रेलियामा स्थापित नेपाली उद्यमी राम कार्की नेपाली समुदायबीच परिचित नाम हो । शिक्षा र माइग्रेशन सेवामा सक्रिय रहेका कार्कीले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटि व्यवसायहरू समेत सञ्चालन गरिरहेका छन् । 

व्यावसायिक सफलताको साथसाथै, उनी नेपाली कला, संगीत, चलचित्र र खेलकुद क्षेत्रलाई पनि उत्तिकै माया गर्ने व्यक्ति हुन् ।

कार्कीले जानकारी दिए अनुसार उक्त चलचित्र नेपालसँगै अष्ट्रेलियाका प्रमुख शहरहरूमा रिलिज गरिनेछ । ‘यो चलचित्र अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ ।’ कार्कीले बताए ।

९ वर्ष पछि पुनरागमन गरेका गणेश उप्रेतीको मुख्य भूमिका रहेको झरी पछिको इन्द्रेणीमा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहेको छ । यस चलचित्रको निर्देशन अर्जुन घिमिरे ‘पाँडे’ ले गर्ने छन् ।  फिल्ममा बालेन शाहको र्याप रहने चर्चाका कारण प्रतीक्षित बनेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ८ : १५ बजे

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

माइला– युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण

बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान

बाजुरा– बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४