आजका समाचार : एमाले नेतृत्व नछाड्ने ओलीको जिकिर, नेपाली टोली टी-२० विश्वकपमा, मधेश जिल्लिए कांग्रेस-एमाले र मृतक बन्धकको शवले इजरायल–हामास थप तनाव | Khabarhub Khabarhub

आजका समाचार : एमाले नेतृत्व नछाड्ने ओलीको जिकिर, नेपाली टोली टी-२० विश्वकपमा, मधेश जिल्लिए कांग्रेस-एमाले र मृतक बन्धकको शवले इजरायल–हामास थप तनाव


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जेन–जी युवाले झण्डा ओढेर संसद्‍मा आगो लगाउन सक्दैनन्, गोलीकाण्ड नियोजित थियो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशभर फैलिएको हिंसा, तोडफोड र आगजनी नियोजित षड्यन्त्रको हिस्सा भएको दाबी गरेका छन्।

एमालेको दशौं केन्द्रीय कमिटी बैठकमा पेश गरिएको ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षक विशेष प्रस्तावमार्फत प्रस्तुत विशेष प्रस्तावमा ओलीले जेन-जी युवाहरूले उठाएका मागहरू वैध र जायज रहेको स्वीकार गर्दै आन्दोलन शान्तिपूर्ण रहेको बताए।

‘सामाजिक सञ्जाल सञ्चालन, सुशासन र भ्रष्टाचार नियन्त्रणका युवाहरूका मागमा कसैको विमति थिएन। तर उनीहरूको आन्दोलनमा विभिन्न स्वार्थी र हिंस्रक तत्त्वहरूले घुसपैठ गरे र त्यसैका कारण त्रासदी भयो’, उनले प्रतिवेदनमा भनेका छन् ।

ओलीले भदौ २३ गते माइतीघर मण्डलबाट नयाँ बानेश्वर पुगेको शान्तिपूर्ण जुलुस संसद् भवनको पर्खाल भत्काउने, निषेधित क्षेत्र तोड्ने र भिडन्त निम्त्याउने उद्देश्यले भड्काइएको दाबी गरेका छन् । ‘जेन-जी युवाहरूले राष्ट्रिय झण्डा ओढेर संसद्‌, सिंहदरबार, सर्वोच्च अदालतमा आगो लगाउन सक्दैनन्,’ उनले भने, ‘त्यसको पछाडि भित्री स्वार्थ र बाह्य समर्थनसहितको ठूला शक्ति संलग्न थिए।’

ओलीले संसद भवन अगाडि भएको गोलीकाण्डबारे पनि विस्तृत व्याख्या गर्दै त्यसमा तत्कालीन प्रधानमन्त्रीका रुपमा आफ्नो भूमिका नरहेको स्पष्ट पारेका छन् । गोली चलाउने आदेश कानुनी रूपमा प्रधानमन्त्रीले दिन नसक्ने उनले भनेका छन् ।

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

ओलीले बुझेका जेन-जीका यी तीन माग

‘म कहिल्यै बिग्रिएको छैन, लहैलहैमा लागेर बिग्रेकाहरू सप्रियुन्’

शंकर पोखरेलको स्वीकारोक्ति : एमालेका अभियान प्रभावकारी भएनन्, सहरिया नवधनाढ्य र युवा पार्टीबाट टाढिए

मैले हट्नुपर्छ भनेर फेसबुकले निर्णय सुनाउने होइन : केपी ओली

प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : पहिला असंवैधानिक भएको संसद् विघटन अहिले कसरी संवैधानिक भयो ?

ओलीले जेन-जीका नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीलाई दिए तमासाको संज्ञा

ओलीको जिकिर : एमाले सधैँलाई सरकारबाट हटेको होइन, कोही भ्रममा नपर्नू

एमाले बैठकमा ओलीको चेतावनी : देशलाई प्रतिक्रान्ति र बर्बादीतिर लगिँदैछ

एमालेसँग एकताबारे प्रचण्डले भने : केपी ओली नेतृत्वबाट हटेमा सम्भव छ

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँगको सम्भावित एकताबारे बोलेका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुरा गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए ।

‘अबको माओवादीको लाइन चुनाव हो’, उनले भने, ‘तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलसँग एकता प्रक्रिया अघि बढ्छ ।’एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकतासँग छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए ।

‘अहिले मेरो जेन-जी युवासँग पनि छलफल भइरहेको छ । युवाहरूले माओवादी सही रहेछ भन्ने बुझ्नु भएको छ’, उनले भने ।

उक्त भेटघाटमा उनले नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिएका छन् ।

सर्वोच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता

सबै दल एकताबद्ध भएर अगाडि बढ्नुपर्छ : ओली

जेन-जीहरूको असली प्रतिनिधि पार्टी माओवादी हो : प्रचण्ड

मैले दिएको सुझावविपरीत सरकार गठन भयो : ओली

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने ओलीको प्रस्ताव

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

विशेष महाधिवेशनको पक्षमा कांग्रेसका २,४८८ प्रतिनिधि, बुझाए हस्ताक्षर

नेपाली कांग्रेसका १४औँ महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाइएको हो ।

कांग्रेस नेता गुरुराज घिमिरेले १४औँ महाधिवेशनका २४ सय ८८ प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गरेको हस्ताक्षर बुझाइएको जानकारी दिए ।

विधानको धारा १७ ९२० बमोजिम महाधिवशेनका ४० प्रतिशत प्रतिनिधिहरूले कारण खुलाइ विशेष महाधिवेशनको माग गरेमा निवेदन परेको तीन महिनाभित्र बोलाउनुपर्ने वैधानिक प्रावधान रहेको उनले बताए ।

नेता घिमिरेले पार्टीको केन्द्रीय समितिले आफूहरूको हस्ताक्षर निवेदनका विषयमा उचित निर्णय लिने धारणा राखे । उनले नियमित महाधिवेशनको तयारीका लागि पार्टीले अग्रसरता नलिएकाले वैधानिक रूपमा महाधिवेशन गर्न आफूहरूले बाटो खोलिदिएको तर्क गरे । घिमिरेले आगामी निर्वाचनको तयारीका लागि पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने आफूहरूको मत रहेको उल्लेख गरे । यसअघि विशेष महाधिवेशनको माग गर्दै काँग्रेसका युवा नेताहरूले हस्ताक्षर अभियान चलाएका थिए ।

कांग्रेसमा विशेष महाधिवेशनका लागि सङ्कलित हस्ताक्षर आज कार्यवाहक सभापति खड्कालाई बुझाइँदै

संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट

ओलीले भने- नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आयो

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र प्रसाद सोनार नियुक्त 

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र प्रसाद सोनार (सोनल) लाई प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छिन्। नेपाल संविधानको धारा १६८ को उपधारा (२)अनुसार सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रदेश प्रमुख सुवेदी भण्डारीले सोनारलाई पदभार ग्रहणका लागि बधाई दिएकी छन् । सोनार हाल बारा क्षेत्रका प्रदेशसभा सदस्य हुन्। मुख्यमन्त्रीको नियुक्तिसँगै उनले अब नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्ने बताइएको छ।

मधेशमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई जिल्लाउँदै सोनल मुख्यमन्त्री बनेका हुन् ।

मधेसको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलले गरे दाबी

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 

मधेसमा फुट्यो जनमत : मुख्यमन्त्रीबाट हटेपछि सतिश सिंह लागे जनस्वराज पार्टीतिर.

लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्यो नेपाल

नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा पुगेको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल लगातार दोस्रो पटक टी-२० विश्वकपको टिकट काट्न सफल भएको हो ।

नेपालसँगै इस्ट एसिया प्यासिफिक क्वालिफायरको आयोजक टोली ओमानले पनि विश्वकपको यात्रा तय गरेको छ। जारी प्रतियोगितामा नेपाल र ओमानको समान ६ अंक छ । तर नेट रनरेटका आधारमा ओमान अगाडि छ । यस्तोमा बुधबार नै नेपाल र ओमानबीच भिडन्त हुँदैछ ।

फाइल तस्बिर क्यान

बुधबार भएको खेलमा यूएईले साओमालाई पराजित गरेसँगै नेपाल र ओमानले दुई खेल खेल्नुअघि नै विश्वकप यात्रा तय गरेका हुन् ।

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल
सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीति अवस्थाका बारेमा विभिन्न दलहरूसँग छलफल तथा परामर्श गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको बैठकमा दलका प्रतिनिधिहरूले आ-आफ्ना दलका तर्फबाट दृष्टिकोण र धारणा राखे । छलफलमा सभामुख घिमिरेले अहिलेको परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो महत्त्वपूर्ण भूमिका रहने जनाउँदै त्यसका लागि सबै दलको आवश्यक सहयोगको अपेक्षा गरे।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक रहनुभएका श्यामकुमार घिमिरेले कांग्रेस लोकतान्त्रिक दल भएकाले निर्वाचनबाट पछि नहट्ने जानकारी दिए ।

उनले भने, ‘प्रतिनिधिसभा विघटनको संवैधानिकताको अन्तिम व्याख्या गर्ने थलो सर्वोच्च अदालत हो । त्यहाँबाट होला, वर्तमान परिस्थितिमा निर्वाचनबाट हामी पछि हट्दैनौँ ।’

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटवार्ता

अमेरिका पुगेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

बिमा प्राधिकरणले गर्‍यो कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी अन्तरक्रिया

मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट

राजेन्द्र लिङ्देनले भने- यही निर्वाचन प्रणालीबाट देशले निकासा दिँदैन, चुनावबाट राप्रपापछि हट्दैन

विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन  : प्रधानमन्त्री कार्की

इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव, सहायता कटौतीको तयारी

इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त गरेको छ । यसपछि हामासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै, इजरायली सैन्य निकायले गाजामा आपतकालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको छ ।

शवहरू राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रमा लैजाने तयारी भैरहेको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारलाई जानकारी गराइनेछ । यो घटनाक्रम हामास र इजरायलबीच कायम भएको शान्ति सम्झौताका लागि ठूलो चुनौती बनेको छ ।

सम्झौता अनुसार, बन्धकहरूलाई ७२ घण्टाभित्र मुक्त गर्नुपर्ने थियो, तर अहिलेसम्म मृतकका शवहरू निकै कम मात्र फिर्ता भएकोले बन्धकका परिवारहरूमा निराशा व्याप्त छ । हामासले गाजामा भएका विनाशका कारण शव खोज्न कठिनाइ भएको बताएको छ ।

यसैबीच, युएन र अमेरिकी अधिकारीहरूलाई पनि गाजामा सहायता कटौतीको विषयमा जानकारी दिइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धक फिर्ता र शव हस्तान्तरण प्रक्रियालाई तीव्र बनाउन दबाब दिइरहेका छन् ।

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ : अध्ययन

इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’ 

गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बङ्गलादेशको एक कपडा कारखानामा आगलागी, १६ जनाको मृत्यु























प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ०१ बजे

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।