आजका समाचार : देशैभर एमालेको जनसभा, भीम रावलले भने- जेन-जी आन्दोलनको जिम्मेवार ओली र लेखक र एनपीएलको तयारी पूरा | Khabarhub Khabarhub

आजका समाचार : देशैभर एमालेको जनसभा, भीम रावलले भने- जेन-जी आन्दोलनको जिम्मेवार ओली र लेखक र एनपीएलको तयारी पूरा


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

 दलहरूबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?

 जेन-जी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो समय मुलुकका राजनीतिक दलभित्र विभाजन र एकताको लहर चलेको छ । विभाजन र एकताका शृङ्खला पुराना राजनीतिक दलमा नभई पछिल्लो समय वैकल्पिक शक्तिका रुपमा उदाएका दलहरूमा दोहोरिएको छ ।
 
त्यति मात्रै होइन, भ्रष्टाचार र बेथिति अन्त्यलगायत मुद्दा सारेर आन्दोलनमा होमिएका जेन-जीका प्रतिनिधिबीच पनि कतिपय विषयमा मतैक्यता छैन । विशेषगरी शासकीय स्वरुप, संविधान संशोधन, निर्वाचन प्रणालीलगायत विषयमा उनीहरुबीच पनि फरक मत छ ।


 
खासगरी दलहरुबीचमा वैचारिक दृष्टिकोणभन्दा पनि तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायका साथ विभाजन र एकताका घटनाक्रम देखिएको विश्लेषकको भनाइ छ ।
 
पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीबाट केही नेताहरू अलग्गिएर पार्टी तथा नयाँ राजनीतिक शक्ति निर्माणमा जुटेका छन् । 

निर्वाचनको विकल्प छैन : उपेन्द्र यादव

जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

नेपालको निर्वाचनमा सक्दो सहयोग गर्ने चीनकाे प्रतिबद्धता

मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
नेकपा‍ (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा आयोजना गरेको छ ।

सो पार्टीले रूपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् ।

सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गरिरहेका छन् ।

एमाले संकटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल

जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल

‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’

विर्तामोडमा एमालेको जनसभा

राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड

आज देशका ७७ जिल्लामा एमालेसभा सम्पन्न

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह
मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेसवादी राजनीतिक दललाई वार्तामा आउन आह्वान गरेका छन् । उनले र सहमति तथा संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने आग्रह गरेका छन् ।

मुख्यमन्त्री यादवले आज प्रदेशवासीको नाममा सम्बोधन गर्दै हरेक समस्याको समाधान वार्ता, संवाद र सहमतिबाट आउने भएकाले आन्दोलन रोकी सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

आन्दोलनरत मधेसवादी दलहरूबीच मुठभेडको अवस्थामा हुनसक्ने भन्दै संवादको माधयमबाट अहिलेको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री तथा संवैधानिक निकायको प्रमुखलाई वर्तमान अवस्थामा असुरक्षा रहेको गुनासो व्यक्त गर्दै मुख्यमन्त्री यादवले वार्ता नै संवादको उत्तम विकल्प रहेको धारणा राखे।

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

विकास–निर्माणका गतिविधि रोकिनु हुँदैन : सभामुख घिमिरे

मुख्यमन्त्री यादवको आरोप- केही दलले आफू मधेशवादी रहेको झुटा नाटक गर्दैछन्

कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

प्रकृति र संस्कृतिको संगम बाँकेको ‘गाभर भ्याली होमस्टे’ 

खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

एनपीएलको तयारी पूरा, विजेता टोलीले पाउँनेछ एक करोड १० लाख

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु २५ लाख तथा चौथो हुनेले १५ लाख प्राप्त गर्नेछ ।

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

ताकम स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि कट्टरपन्थीहरूको लागि शक्ति प्रदर्शन गर्न एक सानो मुस्लिम सम्प्रदायका अनुयायीहरूले आफुहरूलाई काफिर घोषित गर्न माग गरेका छन्।

सुफीवादको शाखाका अनुयायी अहमदिया समुदायको १९ औं शताब्दीमो भारतमा उत्पत्ति भएको थियो भने उनीहरू भारत पाकिस्तान विभाजनमा पाकिस्तान र पाकिस्तान बङ्गलादेशबीचको विभाजनपछि बङ्गलादेशमा पुगेका थिए ।

उनीहरूमाथि मुस्लिम बहुल बङ्गलादेशमा लामो समयदेखि उत्पीडनमा परेका बताउने गरिएको छ। गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको क्रान्तिमा पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि देशभरि अल्पसङ्ख्यक सम्प्रदायका सदस्यलाई लक्षित गरी भीडले आक्रमण गरेको थियो।

हसिनाको निरंकुश शासनमा दबाइएका कट्टरपन्थी इस्लामिक समूहहरू फेब्रुअरीमा हुने आम चुनावमा आंशिक रूपमा प्रगति गर्ने आशामा पछिल्ला केही दिनदेखि आन्दोलित बनेका छन् ।

काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट : ९ जनाको मृत्यु, ३१ घाइते

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो

कोलम्बियाली सैनिकको कारबाहीमा नौ लडाकू मारिए

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए

इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

















प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ७ : ५८ बजे

एमाले असम्भव चुनावको पछाडि लाग्दैन: महासचिव पोखरेल

सुर्खेत- नेकपा (एमाले)ले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’

विराटनगर– स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

काठमाडौँ- एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ।

सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’

विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छ: माधवकुमार नेपाल

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई