जय ट्रफी फाइनल : आर्मीविरुद्ध पुलिस ९५ रनले अगाडि « Khabarhub

जय ट्रफी फाइनल : आर्मीविरुद्ध पुलिस ९५ रनले अगाडि


३ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मधेश प्रदेशको वीरगन्जमा जारी‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनल खेलको दोस्रो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ९५ रनको अग्रता लिएको छ।

हिजो दोस्रो इनिङ्स खेलेको पुलिसले ९ विकेटको क्षतिमा १३२ रन बनाएको अवस्था छ। पुलिसका सागर ढकाल र ललित राजवंशी अविजित छन्। आज अन्तिम दिनको खेल बिहान ९:३० बजे वीरगन्जस्थित नारायाण क्रिकेट मैदानमा हुनेछ।

हिजोको खेलमा पुलिसका लागि कुशल भुर्लेलले सर्वाधिक ४५ रन बनाउँदा दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे। बलिङमा आर्मीका शाहब आलामले पाँच विकेट लिए। बसिर अहमदले चार विकेट हात पारे।

यसअघि पहिलो दिनको खेलमा टस हारेर ब्याटिङ गरेको पुलिसले ९ विकेटको क्षतिमा १३३ रन बनाउँदै पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो। आर्मी दोस्रो दिन एक सय ७० रनमा अलआउट भएको थियो।

चार टिम सहभागी प्रतियोगितामा मधेश र बागमती प्रदेश टिमलाई पछाडि पार्दै आर्मी र पुलिस फाइनल पुगेका हुन्। सुरुवाती खेल क्यानले दुई दिवसीय खेलाए पनि फाइनल तीन दिनको हो।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ६ : २१ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम