कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्दै   « Khabarhub

कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्दै  


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको संयुक्त बैठक आज बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा पार्टीका तर्फबाट मन्त्री रहेकाहरूले अहिलेसम्म भएका कार्यप्रगतिबारे ब्रिफिङ गर्ने छन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी १० मन्त्री र दुई राज्यमन्त्री उपस्थित हुनेछन् भने सो दलको कार्यसमितिमा रहेका सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ७ : ३२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार