साप्ताहिक अर्थसंक्षेप : बेरुजुमा काठमाडौं महानगर तेस्रो, बजेटबारे सुझाव दिँदै सांसद, साताभर ४९ अंकले घट्यो नेप्से र ९ महिनामा भित्रियो ११ खर्ब ९१ करोड विप्रेषण « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : बेरुजुमा काठमाडौं महानगर तेस्रो, बजेटबारे सुझाव दिँदै सांसद, साताभर ४९ अंकले घट्यो नेप्से र ९ महिनामा भित्रियो ११ खर्ब ९१ करोड विप्रेषण


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

नेप्सेमा लुजिङ स्ट्रिक : कन्टिनियस डाउनट्रेण्ड, ३५ अर्बको कारोबार, ५० अङ्कको गिरावट

यो साता अर्थात् वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) चार दिन मात्र कारोबार भयो ।

वैशाख २९ गते बुद्ध जयन्ती परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो ।

शुक्रबार र शनिबार नेप्से कारोबार नहुने भएकाले सातामा चार दिन मात्र बजार खुल्यो ।

चार दिन कारोबार भएको नेप्से ४९.७९ अङ्कले बजार घट्न पुग्यो । यो साता नेप्से पूरै ओरालो यात्रामा गयो । ‘वियरिश ट्रेण्ड’ पछ्याएको नेप्से कन्टिनियस डाउनट्रेण्ड हुँदा ३५ अर्बको कारोबार र झण्डै ५० अङ्कको गिरावट देखियो ।

प्रतिनिधिसभा : समन्यायिक र समानुपातिक रूपमा बजेट विनियोजन गर्न माग

सांसदहरूले समन्यायिक र समानुपातिक रूपमा बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रभाव र पहुँचका आधारमा बजेट विनियोजन हुँदा नागरिकमा असन्तोष बढेको तर्क गरे ।

छलफलमा भाग लिँदै सांसद प्रभु साहले नेपालको बजेट केही नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित भएकाले समन्यायिक विनियोजन गर्न माग गरे । पहुँच नभएकाका क्षेत्रमा बजेट विनियोजन नहुने अवस्थाको अन्त्य गरेर समान वितरण गर्नुपर्ने उनको भनाइ छ ।

सांसद अमरेशकुमार सिंहले बजेटमा राखिएका कार्यक्रम राम्रा भए पनि कहिल्यै कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । बजेटको असमान वितरणले मुलुकमा असन्तुष्टि बढ्दै गएकाले त्यसलाई ख्याल गर्न सांसद सिंहले आग्रह गरे ।

‘असामान्य अवस्थामा सामान्य बजेट ल्याएर समस्या समाधान हुँदैन, हस्तक्षेपकारी चाहिन्छ’

विनियोजन विधेयकमाथि छलफल गर्दै प्रतिपक्षी सांसदले भने– हस्तक्षेपकारी बजेट आवश्यक

सरकारको नीतिका कारण उद्योग व्यापार तंग्रिन नसकेकोले सुधार गर्न उद्योगी व्यवसायीको आग्रह

वैदेशिक रोजगार विभाग भन्छ- कानुनविपरीत रोजगारसम्बन्धी काम गर्नेलाई कारबाही गर्छौँ

दाजुका लागि अख्तियारका कर्मचारीसँग यसरी झोँक फेरे बाह्रबिसेका मेयरले

दाजु मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ३ अर्ब २१ करोड रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा चलेपछि भाइ एउटा अनौठो निर्णय लिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले दाजु एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतमाथि मुद्दा चलेकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा काजमा रहेकी एक कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेका कारण दाजुको सांसद पद निलम्बित भएकै दिन भाइ बालकृष्णले चार वर्षदेखि अख्तियारको टंगाल कार्यालयमा कार्यरत नायब सुब्बा अम्बिका दाहाल ओझालाई सात दिनभित्र काज फिर्ता हुन भन्दै अल्टिमेटम दिएका हुन् ।

पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती, गत वर्षमात्रै भित्रियो १८ करोड

१० महिनामा दुई अर्ब ६१ करोड राजस्व संकलन

वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन

औँसा नियन्त्रण गर्न १३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट

सरकारको पुँजीगत खर्च दश महिनामा चौँतिस प्रतिशत, घाटा बजेट दुई खर्ब नाघ्याे

६ महानगरको बेरुजु : पोखरा पहिलो र काठमाडौं तेस्रो बन्दा विराटनगर अन्तिममा

म्याद नाघेको पेस्की समेत गरी देशभरका ६ महानगरपालिकामा एकै वर्ष एक अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

कानुन बमोजिम रित नपुर्‍याइ कारोबार गरेको, बेमानसिम वा हिनामिना देखिएको भनी लेखापरीक्षकले कैफियत जनाएको रकमलाई बेरुजु भनिन्छ ।

महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) मा उल्लेख भएअनुसार, उक्त अवधिमा महानगरहरूको ७५ अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

बजेट वक्तव्य नै कार्यान्वयन गर्दैन सरकार

हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन

९ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

९ महिनाअघि १०० मा पाइने सामानको भाउ बढेर १०३ रुपैयाँ ३९ पैसा पुग्यो

नौ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा आगामी बजेटको सिद्धान्त र प्राथमिकता पेश गरेका छन्‌ ।

आइतबार (आज) बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता’ सम्बन्धमा छलफल गर्ने प्रस्ताव पेश गरेका हुन्‌ ।

व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ७ : ३२ बजे

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली