‘चिनियाँ प्रभाव बढेसँगै दक्षिण चीन सागर हेपाहाको खेल मैदानजस्तो बन्न पुग्यो’ « Khabarhub

‘चिनियाँ प्रभाव बढेसँगै दक्षिण चीन सागर हेपाहाको खेल मैदानजस्तो बन्न पुग्यो’


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक दशकभन्दा बढीदेखि दक्षिण तथा पूर्वी चीन सागरमा चिनियाँ प्रभाव बढिरहेको छ । चिनियाँ प्रभाव बढेसँगै यो समुद्री क्षेत्र हेपाहाको खेल मैदानजस्तो बन्न पुगेको छ ।

कृत्रिम टापुको प्रयोग, तटरक्षक गस्तीमा सुस्त वृद्धि र अस्पष्ट ‘ग्रे जोन’ गतिविधिमार्फत् आफ्नो प्रभाव विस्तार गरेको चीनले अहिले खुल्लमखुल्ला आक्रामकता देखाउन थालेको छ ।

‘शान्तिपूर्ण विकास’, ‘आपसी विश्वास’, ‘मानवताको साझा भविष्यको समुदाय’ जस्ता सुमधुर सुनिने शब्दलाई चीनले आफ्नो छवि सुधार गर्न र आफ्नो अधिकार रक्षाका लागि दुरुपयोग गर्न लागेको प्रतित हुन्छ ।

दक्षिण चीन सागरको स्कारबोरो शोलमा फिलिपिनी जहाजसँग भएको झडपले चीनको गतिविधि रक्षात्मक नभइ विस्तारवादी चरित्रको रहेको देखाउँछ ।

पछिल्लो समय चीनले आफ्नो विस्तारवादी छविलाई कानुनी भाषाको आवरणमा ढाकछोप गर्दै आएको आरोप पनि लाग्ने गरेको छ । चीनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनलाई हतियारका रुपमा दुरुपयोग गर्दै आएको भन्ने आरोप पनि छ ।

राष्ट्रपति सी जिन्पिङको शासनकालमा चीनले दक्षिण चीन सागरसहित विभिन्न एक सयभन्दा धेरै स्थानका भौगोलिक नाम पनि परिवर्तन गरेको छ । चीनले नक्साको माध्यमबाट ती क्षेत्रमा आफ्नो सार्वभौमिकता विस्तार गर्ने प्रयास पनि गरिरहेको छ ।

हालै चीनले स्कारबोरो शोललाई ‘संरक्षित समुद्री क्षेत्र’ को मान्यता दिएको छ । यसमार्फत् चीनले सो विवादित क्षेत्रमा फिलिपिनी पहुँचलाई रोक्ने लक्ष्य राखेको छ । चीनले उक्त विवादित क्षेत्रलाई आफ्नो आन्तरिक मामिला बताउँदै आएको छ । यसैका आधारमा चीनले सो क्षेत्रमा बल प्रयोगलाई सामान्यीकरण गर्दै लगेको छ ।

सो क्षेत्रमा बल प्रयोग गर्ने चीनको गतिविधिले विश्वव्यापी चुनौती खडा गरेको छ । गत सेप्टेम्बरमा स्कारबोरो शोल क्षेत्रमा चिनियाँ जहाजले फिलिपिनी जहाजलाई हाइ–प्रेसर पानीको फोहोरा प्रहार गर्दै दुव्र्यवहार गरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ६ : ५३ बजे

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम : के छ विशेष बुलेटिनमा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा

सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

अमेरिका– टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।