पाकिस्तानको आर्थिक अवस्था अझै खराब बन्ने अर्थशास्त्रीको चेतावनी « Khabarhub

पाकिस्तानको आर्थिक अवस्था अझै खराब बन्ने अर्थशास्त्रीको चेतावनी


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थशास्त्रीहरुले पाकिस्तानको आर्थिक अवस्था अझै खराब बन्दै जाने चेतावनी दिएका छन् । विश्व बैंकले पाकिस्तानको आर्थिक वृद्धिदरमा तीव्र कमी आउने प्रक्षेपण गरेसँगै अर्थशास्त्रीहरुले यस्तो चेतवानी दिएका हुन् ।

विश्व बैंकले आर्थिक वर्ष सन् २०२५–२६ मा पाकिस्तानको आर्थिक वृद्धिदर केबल २.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै पाकिस्तानी अर्थशास्त्री एवम् चार्टर्ड अकाउन्टेन्ट प्रतिष्ठानका पूर्वअध्यक्ष असद अली शाहले आर्थिक संकट थप गहिरिने चेतावनी दिएका हुन् ।

पाकिस्तानका पूर्वअर्थमन्त्री मिफ्ता इस्माइलले पनि यस्तै चिन्ता व्यक्त गरेका छन् । उनले सन् २०२२ देखि २०२६ सम्मको अवधिलाई पाकिस्तानको आर्थिक वृद्धिदर इतिहासकै सबैभन्दा खराब भनेका छन् । उनले सरकारले महत्वपूर्ण आर्थिक सुधारका कार्यक्रम अघि सार्न नसकेको भन्दै आलोचना पनि गरेका छन् ।

उनले यस्तै अवस्ता रहेको खण्डमा बेरोजगारी, गरिबी र राजनीतिक एक्लोपन बढ्दै जाने पनि चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : ११ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन