अर्थसंक्षेप : २६ अंकले बढ्यो नेप्से, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा नयाँ कीर्तिमान र जापानले बेहोर्‍यो ३६ अर्ब ६० करोड डलर व्यापार घाटा « Khabarhub

अर्थसंक्षेप : २६ अंकले बढ्यो नेप्से, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा नयाँ कीर्तिमान र जापानले बेहोर्‍यो ३६ अर्ब ६० करोड डलर व्यापार घाटा


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक २६ अंकले बढ्यो, कारोबार कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अंकले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ ।

आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार भएको नेप्सेले जनाएको छ ।

एक वर्षपछि जलविद्युतको पहिलो आईपीओ शुक्रबारबाट आउने

एक वर्षपछि जलविद्युत कम्पनीको सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ । २०८१ सालमा कुनै पनि जलविद्युत कम्पनीको आईपीओ निष्कासन नभएकोमा २०८१ को वैशाखमा सान्भि इनर्जी लिमिटेडले शुक्रबारबाट आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको छ ।

विकासले गति लिन सकेको छैन : महासचिव पोखरेल

पोखरा विमानस्थलमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले राख्यो नयाँ कीर्तिमान, कति पुग्यो ?

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३ सय ५७ डलर ४० सेन्ट पुगेको हो ।

वर्ष सन् २०२५ शुरु भएयता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक तिहाइले बढेको बीबीसीले जनाएको छ । अमेरिकी केन्द्रीय बैंकका प्रमुखको सम्बोधनपछि सुनको भाउ बढेको हो ।

गार्डियन माइक्रोकाे विषेश साधारणसभा बीमा प्राधिकरणले रोक्यो

कोरलामा व्यापारिक चहलपहल बढ्यो

चितवन मिल्क : एक करोड १५ लाख लिटर दूध प्रशोधन

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्यांकले बिहीबार देखाएको छ ।

मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो वर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत वर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ७ : ११ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर