उपचारको पर्खाईमा कुष्ठरोग लागेका धनवीर « Khabarhub

उपचारको पर्खाईमा कुष्ठरोग लागेका धनवीर


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सिमकोट – यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित छन्। उपचारको सट्टा परिवारले छुट्टै राखेको उनी अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन्। तर हालसम्म उनको उपचार हुन सकेको छैन ।

कामीलाई कुष्ठरोग लागेको छ वर्ष भएको र अहिले अवस्था नाजुक भएको नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाका मन्त्री अर्जुन बोहराले बताए। कुष्ठ रोग लागेको सुरुका दुई वर्षसम्म हिँडडुल गर्न सक्ने हुँदा जिल्ला अस्पताल पुगेर आवश्यक उपचार गराएका थिए । 

चार वर्षयता भने उनको  उपचार हुन सकेको छैन । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार हुन नसकेको हो । कान कम सुन्ने उनी हिँडडुल गर्नै नसक्ने भएपछि शौच गर्न पनि घिस्रेर जाने गर्छन्। 

घरको छतमा सानो कोठा बनाएर राखिएको उनलाई झुत्रा कपडा ओढ्ने ओछ्याउने व्यवस्था गरिएको छ । उनका दुई भाइले एक एक महिनाको आलोपालोमा खानाको व्यवस्था गर्दै आएका छन् । 

कामीले आफूसँग इसारा गर्दै उपचारमा सहयोग गर्न आग्रह गरेको सोसाइटी हुम्ला शाखाका मन्त्री बोहराले बताए । आफैँ उपचार गर्न जाने अवस्था नभएका कामीलाई सहयोगी निकायको आवश्यकता छ । 

कामीलाई सिमकोट गाउँपालिकाले अपाङ्गता परिचयपत्र उपलब्ध गराएको छ । तर हालसम्म कतैबाट सहयोग प्राप्त भएको छैन । 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ४३ बजे

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका

दुई नायिकाको फ्लप डेब्यू

काठमाडौं – नायिकाको प्राइम करिअर ओझेलमा परेपछि प्रियंका कार्की र

पाक्नै लागेको धानबाली नष्ट, भक्तपुरका किसान दुःखी

भक्तपुर– गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा