रियाद- मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा पनि ४२ भारतीयको मृत्यु भएको छ । उमरा गर्न जाँदै गरेका यात्रु सवार बस डिजेल ट्याङ्करसँग ठोक्किएर आगो लाग्दा केवल चालकले मात्रै ज्यान जोगाउन सफल भएका छन् ।
साउदी अरबमा आइतबार राति भएको सडक दुर्घटनामा ४२ भारतीय नागरिकको मृत्यु भएको हो। उमराका लागि मक्का बाट मदिना जाँदै गरेको बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि आगलागी भएको थियो।
मृतकमध्ये २० महिला र ११ बच्चा रहेका छन्। जानकारी अनुसार दुर्घटनापछि बस चालक मात्रै ज्यान जोगाउन सफल भएका छन्।
मृतकमध्ये धेरैजसो हैदराबादका रहेको अनुमान गरिएको छ। दुर्घटना भारतीय समयअनुसार राति करिब १ : ३० बजे मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरासनजिक भएको हो। त्यो समयमा धेरै यात्रीहरू सुतेका थिए, जसकारण उनीहरूले ज्यान बचाउने अवसर पाउन सकेनन्।
तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। राज्य सरकारद्वारा जारी विज्ञप्ति अनुसार मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग समन्वय गर्दै पीडितको पहिचान र आवश्यक प्रक्रिया पूरा गर्न सहयोग गर्न भनेका छन्।













प्रतिक्रिया