शेख हसिनाविरुद्धको मुद्दामा फैसला आउँदै, बंगलादेशभर तनाव « Khabarhub

शेख हसिनाविरुद्धको मुद्दामा फैसला आउँदै, बंगलादेशभर तनाव


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

ढाका- भारतमा निर्वासित जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाविरुद्धको मुद्दामा अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल सोमबार दिउँसो फैसला सुनाउनँदैछ । उनीमाथि मानवताविरुद्धका पाँचवटा गम्भीर आरोप छन्।

यी आरोपमा हत्या, अपराध रोक्न नसक्नु र मानवताविरुद्धका अन्य अपराध प्रमुख मानिन्छन्। बंगलादेशी सञ्चारमाध्यमका अनुसार हसिनालाई मृत्युदण्ड सुनाइने सम्भावना छ। अदालतको फैसला अहिले प्रत्यक्ष प्रसारण भइरहेको छ।

फैसला नजिकिँदै जाँदा देशभर अवस्था तनावपूर्ण बनेको छ। सरकारले उच्च सतर्कता घोषणा गरेको छ। ढाकामा १५ हजार प्रहरी परिचालन गरिएको छ र हिंसात्मक प्रदर्शन भए देख्नेबित्तिकै गोली चलाउन आदेश गरिएको रिपोर्ट छ।

शनिबार रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुई वटा बसमा आगजनी भएको थियो। फैसला आएपछि हिंसा थप बढ्न सक्ने देखिएकोले देशभर सुरक्षा कडा गरिएको छ।

हसिनाको टेलिफोन संवादलाई प्रमाण मानियो

अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले शेख हसिनाको टेलिफोनमा भएको कुराकानीलाई महत्वपूर्ण प्रमाणका रूपमा स्वीकार गरेको छ। निर्णय सुनाउँदा अदालतले प्रहरीलाई दिइएका आदेशहरू र तल्लो संरचनासम्म पुगेका निर्देशनहरू पनि अध्ययन गरिएको जानकारी दिएको छ।

अदालतले अन्तर्राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनहरू समेत निर्णयमा समावेश गरेको जनाएको छ। पीडितमाथि भएका दुर्व्यवहार, अत्याचार र हिंसाका विवरण पनि पूर्ण रूपमा फैसलामा राखिएको छ।

पीडित र मृतकमाथि भएका घटनाका सबै विवरण चाहिँ पहिचान नहुँदा पूरापूर उपलब्ध हुन नसकेको अदालतले उल्लेख गरेको छ।

हसिना र उनका सहयोगीमाथिका पाँच आरोप

आरोप नम्बर १ : हत्या, हत्या प्रयास र यातना दिएको आरोप छ। चार्जशीट अनुसार हसीनाले प्रहरी र अवामी लीगसँग जोडिएका सशस्त्र समूहलाई सर्वसाधारणमाथि हमला गर्न उक्साइन्, त्यसलाई बढावा दिइन् र हिंसा रोक्न असफल भइन्।

आरोप नम्बर २ : विद्यार्थी प्रदर्शन दबाउन हसीनाले घातक हतियार, हेलिकप्टर र ड्रोन प्रयोग गर्ने आदेश दिएकी आरोप छ।

आरोप नम्बर ३ : १६ जुलाईमा बेगम रौकेया विश्वविद्यालयका विद्यार्थी अबू सैयदको हत्या सम्बन्धी आरोप। चार्ज अनुसार यो हत्या हसीना र अन्य आरोपितको आदेश, साजिश र संलग्नताका आधारमा गरिएको हो।

आरोप नम्बर ४ : ५ अगस्टमा ढाकाको चाँखारपुलमा छ जना निहत्था प्रदर्शनकारीको हत्या। यो पनि हसीनाको प्रत्यक्ष आदेश, उक्सावा, सहयोग र साजिशका कारण भएको दाबी छ।

आरोप नम्बर ५ : पाँच प्रदर्शनकारीलाई गोली हानी हत्या गरिएको, एकलाई घाइते बनाइएको र मारिएका पाँच जनाको शव जलाइदिएको आरोप छ। एक प्रदर्शनकारीलाई जिउँदै जलाइएको दाबी पनि यस आरोपमा समावेश छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : २१ बजे

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन

गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली