मृत्युदण्डको सजायसँगै हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न आदेश « Khabarhub

मृत्युदण्डको सजायसँगै हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न आदेश


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका तीन अपराधमा मृत्युदण्डको सजाय सुनाइएको छ।

ढाकास्थित अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई जुलाई गत वर्षको विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएका हत्याकाण्डको मुख्य दोषी ठहर गरेको छ।

उनीसँगै पूर्वगृहमन्त्री आसदुज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय दिइएको छ । उता पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल–मामुनलाई ५ वर्षको जेल सजाय सुनाइएको छ। उनले राज्यको तर्फबाट साक्षीको भूमिका निर्वाह गरेकालेलाई पाँच वर्षको मात्रै सजाय सुनाइएको हो।

अदालतले हसिना र कमालका सबै सम्पत्ति राज्यको तर्फबाट जफत गर्ने आदेश पनि जारी गरेको छ। तीन सदस्यीय ट्रिब्युनलको नेतृत्व न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुम्दरले गर्दै आएका छन् ।

४५३ पृष्ठको फैसलाबाट उनले मुख्य अंश पढ्न सुरु गरेका थिए। सुरक्षाको दृष्टिले ट्रिब्युनल वरिपरि चार तहको सुरक्षा व्यवस्था मिलाइएको थियो ।

हसिनामाथि विभिन्न पाँचवटा अभियोग थिए, जसमा हत्या रोक्न असफल हुनु, अमानवीय कार्य, विद्यार्थी प्रदर्शन दबाउन घातक हतियार, हेलिकप्टर र ड्रोन प्रयोग गर्न आदेश दिनु, बेगम रौकेया विश्वविद्यालयका विद्यार्थी अबू सैयदको हत्या, चाँखारपुलमा ६ जना निहत्था प्रदर्शनकारीको हत्या, पाँच प्रदर्शनकारीलाई गोली हानी हत्या र एकलाई जिउँदै जलाउनुसहित समावेश छन्।

७८ वर्षीया शेख हसिनालाई भारतबाट फर्केर अदालतको सामना गर्न दिएको आदेश पनि उल्लङ्घन गरेको आरोप लागेको छ। उता हिरासतमा रहेका मामुनले दोष स्वीकारेका छन्। उता हसिनाले सबै आरोप अस्वीकार गरेकी छन्।

फैसलापछि ढाकामा सुरक्षा व्यवस्था कडा गरिएको छ। सडकदेखि अदालत वरिपरि सशस्त्र सेना, सीमा सुरक्षा बल, र्‍यापिड एक्सन ब्याटालियन, प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : ०६ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्