काठमाडौं- भारको प्रतिआतङ्कवाद निकायले पाकिस्तानमा आधारित अतिवादी समूहका छ जनाविरुद्ध मुद्दा दायर गरेको छ । गत अप्रिल महिनामा भारत प्रशासित कश्मीरको पहगाम क्षेत्रमा भएको आतङ्ककारी हमलाको घटनाका सन्दर्भमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो । भारतको प्रतिआतङ्कवाद निकाय एनआईएले जम्मु कश्मीरको अदालतमा पाकिस्तानमा आधारित अतिवादी समूह लस्कर ए तैएबा र यसको दस्ता द रेजिस्टेन्स फ्रन्टका लडाकुविरुद्ध मुद्दा दायर गरेको हो ।
गत जुलाई महिनामा भारतले सञ्चालन गरेको ‘अपरेशन महादेव’ नामक सैन्य कारवाहीमा मारिएका तीन जना लडाकुविरुद्ध मृत्युपरान्त मुद्दा दायर गरिएको छ । त्यसैगरी, हाल हिरासतमा रहेका अरु दुई जना र लडाकुलाई संयोजन गर्ने अर्का पाकिस्तानविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
समाचार संस्था रोटयर्सका अनुसार मुद्दामा पहलगाम आक्रमणको ‘योजना बनाएको, सहयोग गरेको र कार्यान्वयन गरेको’ अभियोग लगाइएको छ । अभियोजकहरुले १ हजार ५ सय ९७ पृष्ठ लामो अभियोजनपत्र जम्मु क्षेत्रको अदालतमा पेश गरेका छन् ।
आठ महिना लामो अनुसन्धानपछि अदालती प्रक्रिया शुरु गरिएको रोयटर्सले उल्लेख गरेको छ ।













प्रतिक्रिया