भारतीय रेलवेको ब्रोड गेज सञ्जालमा ९९ प्रतिशत विद्युतीकरण सम्पन्न « Khabarhub

भारतीय रेलवेको ब्रोड गेज सञ्जालमा ९९ प्रतिशत विद्युतीकरण सम्पन्न


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय रेलवेले ब्रोड गेज सञ्जालमा ९९ प्रतिशत विद्युतीकरण सम्पन्न गरेको छ । विज्ञप्ति जारी गर्दै रेलवे मन्त्रालयले मुलुकका ब्रोड गेज सञ्जालमा ९९.२ प्रतिशत विद्युतीकरण सम्पन्न गरेको जानकारी दिएको हो ।

द इण्डियन एक्सप्रेसका अनुसार मन्त्रालयले पछिल्ला केही वर्षयता विद्युतीयकरणको गतिमा तीव्र वृद्धि भएको उल्लेख गरेको छ । शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्नका लागि यस उपलब्धिलाई निकै महत्वपूर्ण मानिएको छ ।

सन् २०१९ देखि सन् २०२५ सम्म सञ्जालका ३३ हजार रुट किलोमिटरमा विद्युतीकरण गरिएको छ । यो १५ रुट किलोमिटर प्रतिदिनभन्दा धेरै हो ।

यस अवधिमा विद्युतीकरण गरिएको दुरी जर्मनीको कुल रेल सञ्जालको दुरीभन्दा धेरै रहेको जनाइएको छ । विद्युतीकरण प्रक्रिया भारतका २५ राज्य तथा युनियन टेरिटोरीमा सम्पन्न गरिएको छ ।

विद्युतीरकण प्रक्रियापछि डिजेलको उपभोगमा कमी आएको, उत्सर्जन कटौती भएको र सञ्चालन खर्च घटेकोे मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १ : ४३ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई