भारतीय रेलवेको ब्रोड गेज सञ्जालमा ९९ प्रतिशत विद्युतीकरण सम्पन्न « Khabarhub

भारतीय रेलवेको ब्रोड गेज सञ्जालमा ९९ प्रतिशत विद्युतीकरण सम्पन्न


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय रेलवेले ब्रोड गेज सञ्जालमा ९९ प्रतिशत विद्युतीकरण सम्पन्न गरेको छ । विज्ञप्ति जारी गर्दै रेलवे मन्त्रालयले मुलुकका ब्रोड गेज सञ्जालमा ९९.२ प्रतिशत विद्युतीकरण सम्पन्न गरेको जानकारी दिएको हो ।

द इण्डियन एक्सप्रेसका अनुसार मन्त्रालयले पछिल्ला केही वर्षयता विद्युतीयकरणको गतिमा तीव्र वृद्धि भएको उल्लेख गरेको छ । शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्नका लागि यस उपलब्धिलाई निकै महत्वपूर्ण मानिएको छ ।

सन् २०१९ देखि सन् २०२५ सम्म सञ्जालका ३३ हजार रुट किलोमिटरमा विद्युतीकरण गरिएको छ । यो १५ रुट किलोमिटर प्रतिदिनभन्दा धेरै हो ।

यस अवधिमा विद्युतीकरण गरिएको दुरी जर्मनीको कुल रेल सञ्जालको दुरीभन्दा धेरै रहेको जनाइएको छ । विद्युतीकरण प्रक्रिया भारतका २५ राज्य तथा युनियन टेरिटोरीमा सम्पन्न गरिएको छ ।

विद्युतीरकण प्रक्रियापछि डिजेलको उपभोगमा कमी आएको, उत्सर्जन कटौती भएको र सञ्चालन खर्च घटेकोे मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १ : ४३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने