आजका समाचार : आगामी चुनावमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको दाबी, गृह जिल्लामा भीम रावल र इजरायली क्याबिनेटबाट युद्ध विराम स्वीकृत | Khabarhub Khabarhub

आजका समाचार : आगामी चुनावमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको दाबी, गृह जिल्लामा भीम रावल र इजरायली क्याबिनेटबाट युद्ध विराम स्वीकृत


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

आगामी स्थानीय चुनावमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छ : प्रचण्ड
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)लाई पहिलो पार्टी बनाउने उद्घोष गरेका छन् ।

माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका–५ तेतेरियामा शनिबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभा सम्बोधन गर्दै प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तिमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने उद्घोष गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले गत स्थानीय तह निर्वाचनमा तेस्रो बनेको पार्टीलाई उपनिर्वाचनमा ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनीतिक महत्वको विषय भएको उल्लेख गरे ।

लोसपाका केन्द्रीय उपाध्यक्ष झा अशोक राई नेतृत्वको जसपा प्रवेश

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

प्रचण्डद्वारा ग्रामथानका ज्येष्ठ नागरिकलाई सम्मान

मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु

दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन : महासचिव गुरुङ

मोरङ पुगेर प्रचण्डले लिए ‘भक्का’को स्वाद

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा सरकारले ध्यान देओस् : प्रचण्ड

भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलको गृहजिल्ला अछाममा बाजागाजासहित स्वागत गरिएको छ ।

एमालेको कारबाहीमा परेपछि पहिलोपल्ट गृहजिल्ला पुगेका रावललाई समर्थकहरूले साँफेबगरमा राष्ट्रिय झन्डा र बाजागाजासहित स्वागत गरेका हुन् ।

गत पुस ११ गते बसेको एमाले सचिवालय बैठकले पार्टीबाट निकालेको एक सातापछि रावलले काठमाडौँमै पत्रकार सम्मेलन आयोजना गरेर ‘मातृभूमि जागरण अभियान’ चलाउने घोषणा गरेका थिए ।

अभियानअन्तर्गत गृहजिल्ला पुगेका रावललाई राष्ट्रिय झन्डा बोकेका उनका समर्थकहरूले साँफेबगरमा बाजागाजासहित स्वागत गरेको भिडियो सामाजिक सञ्जालमा राखिएको छ ।

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

श्रमजीवी माथिको अन्यायविरुद्ध काठमाडौँमा र्‍याली

जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्न पाइने

बहुलराष्ट्र राज्यको स्थापना गर्न सबै लागौं : राजेन्द्र महतो

ललितपुरको मन्त्री निवासमा खानेपानी आपूर्तिको प्रक्रिया सुरु

योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : पूर्वराष्ट्रपति यादव
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताएका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १६ तथा पतञ्जली योग समिति बागमती प्रदेशले संयुक्तरूपमा आज मङ्गलबजारमा आयोजना गरेको योग उत्सव समारोहमा डा. यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने बताए ।

‘ऐतिहासिक पाटनमा भएको योग साधनाको कार्यक्रम महत्त्वपूर्ण छ, पाटनको आफ्नै महत्त्व गरिमा पनि छ’, डा। यादवले भने, ‘विसं २०४६ र विसं २०६२–६२ को परिवर्तनमा अगुवाइ गरेको पाटन ओझेलमा परेको छ, योग साधनको माध्यमबाट समाजलाई रूपान्तरण गर्न यो ठाउँले उत्कृष्ट कार्यहरू गर्न सक्नुपर्छ ।’

मोटरसाइकल चालकलाई शुभ यात्रा अभियान

भुल्केका ४६८ घरमा ‘एक घर, एक धारा’

चौदण्डीगढी मेयर कप फुटबल सोमबारदेखि

रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रवर्द्धन

अनलाइनबाट नागरिकता सिफारिस

जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु

स्थानीय तहमा कृषि एम्बुलेन्स, किसानलाई राहत

दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव

चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन

इजरायली क्याबिनेटबाट युद्ध विराम स्वीकृत
इजरायली क्याबिनेट गाजामा युद्ध विराम गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ उपस्थित ३३ क्याबिनेटका सदस्यले शनिबार बिहान सो प्रस्ताव पारित गरेका हुन्।

यसअघि शुक्रबार नै सेक्युरिटी क्याबिनेटमा प्रस्ताव स्वीकृत भएर पूर्ण क्याबिनेटमा पुगेको थियो। बुधबार ड्राफ्ट भइसकेको सो युद्ध विराम आइतबारदेखि लागू हुनेछ।

सुरुवातमा इजिप्टको सीमामा रहेका खाद्यान्नका ट्रक प्यालेस्टाइन प्रवेश गर्ने अनुमान गरिएको छ। युद्ध विरामको घोषणा भइसकेपछि पनि इजरायली आक्रमणमा सय जना भन्दा बढीको ज्यान गइसकेको छ। एकै सातामा सबै भन्दा धेरै जनाको ज्यान गएको युद्ध सुरु भएपछि यो पहिलो पटक हो।

बुधबार युद्ध विराम भएपछि प्यालेस्टाइनी अथोरोटीका राष्ट्रपति मोहम्मद अब्बासले पहिलो पटक सञ्चार माध्यममा आफ्नो कुरा राखे। उनले युद्ध बिरामलाई पूर्ण रूपमा लागु गर्न आफू कटिबद्ध रहेको बताएका छन्।

दक्षिणी सुडानको स्थिति सरकारको नियन्त्रण बाहिर

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदी रिहा गर्ने इजरायलको घोषणा

गाजामा आइतबार बिहान ८ः३० बजेबाट युद्धबिराम लागू हुने

किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु

युद्धबिराम घोषणापछि पनि १२२ प्यालेस्टाइनीको हत्या

बेलारुसका ३३ जना राजनीतिक बन्दीलाई आममाफी

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : ४१ बजे

नेपाल-भारत सुरक्षा बैठक : अपराध रोक्न सहकार्य गर्ने सहमति

काठमाडौं – नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ । पाल्पाको

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

झापा – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ

ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा

सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ : मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा

जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित

सर्लाही – जिल्लाको हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा