कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते  « Khabarhub

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा १० जना घाइते भएका छन् । 

घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा शुक्रबार साँझ सुपप्र ०१–००१ ख ३१९७ बस र कर्णाली प्रदेश ०२–००१ ज ०६३९ नम्बरको माइक्रो बस एकआपसमा ठोक्किएका हुन् ।

चालकसहित दुर्घटनामा ८ जना महिला र एक पुरूष गरेर १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा माईक्रो बस चालक गोदावरी नगरपालिका–२ तेघरी बस्ने २३ वर्षीय भुवन बहादुर महरा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ ।

अन्य ९ जना घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । बस चालक गोदावरी नगरपालिका–१२ गेटा बस्ने ३६ वर्षीय जितु चौधरी फरार भएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ८ : ०४ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर