पच्चीस वर्षपछि बीपी मेमोरियल क्यान्सर अस्पतालका भवनको नक्सा पास « Khabarhub

पच्चीस वर्षपछि बीपी मेमोरियल क्यान्सर अस्पतालका भवनको नक्सा पास


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सा पास ९अभिलेखीकरण० गरिएको छ । अस्पतालका २९ वटा भवनको एकै पटक नक्सा पास गरिएको हो । 

विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट नियमित सञ्चालनमा आएको थियो । हाल पेट स्क्यान र बोनम्यारो प्रत्यारोपणका लागि भवन निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने भएपछि भरतपुर महानगरपालिकामा भवनहरूको अभिलेखीकरण गरिएको हो । 

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार भवन निर्माणको क्रममा कुनै पनि भवनको नक्सा पास नरहेकाले सबैको नक्सा बनाएर अभिलेखीकरण गरिएको हो । नक्सा बनाउन २२ लाख हाराहारी खर्च भएको छ । 

अभिलेखीकरणका लागि महानगरपालिकामा रु एक करोड ७८ लाख राजस्व बुझाएको उनले बताए। 

यी अस्पताल भवन चीन सरकारले निर्माण गरिदिएको हो । पछिल्लो समय केही भवन भने नेपाल सरकारले निर्माण गरेको थियो । बोनम्यारो प्रत्यारोपणका लागिसमेत चीन सरकारले भवन, उपकरण र जनशक्ति व्यवस्थापन सहयोग गर्दै छ । 

दीर्घकालीन प्रभावका महत्त्वपूर्ण काम भइरहेको उनले बताए। भवनहरूको अभिलेखीकरण भएसँगै अन्य महत्त्वपूर्ण कामअघि बढेको उनको भनाइ छ । जिल्लामा सरकारीस्तरमा जिल्ला प्रशासन कार्यालय र क्यान्सर अस्पतालका भवन मात्रै महानगरमा अभिलेखीकरण भएका छन् । धेरैजसो सरकारी कार्यालय भवन अभिलेखीकरण भएका छैनन् । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १ : २३ बजे

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा- झापाको बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी

मोदी प्रमुख अतिथि रहने एनएक्सटी समिटमा रेनु दाहाल वक्ता

काठमाडौं- भरतपुर महानगरपालिकाकी पूर्वप्रमुख रेनु दाहालले भारतमा आयोजना हुने प्रतिष्ठित

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा- चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया रसुवा

गगनले भने : सीमा क्षेत्रमा ‘१०० रुपैयाँ भन्सार’ नियम अव्यवहारिक, सर्वसाधारण अनेक सास्ती भोग्दैछन्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतसँगको सीमावर्ती क्षेत्रमा लागू