भारतीय माओवादीलाई अर्को धक्का, प्रहरी कारबाहीमा मारिए चर्चित कमान्डर हिडमा « Khabarhub

भारतीय माओवादीलाई अर्को धक्का, प्रहरी कारबाहीमा मारिए चर्चित कमान्डर हिडमा


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- चर्चित भारतीय माओवादी कमान्डर हिडमा मारिएका छन् । उनीमाथि भारतीय सरकारले १ करोड रुपैयाँको पुरस्कार राखेको थियो । प्रहरी कारबाहीमा उनीसँगै श्रीमती पनि मारिएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चर्चित माओवादी कमान्डर ४३ वर्षीय माडवी हिडमालाई सुरक्षाबलले एक सर्च अपरेशनका क्रममा मारेको हो ।

हिडमा त्यही नाम हो, जसलाई कम्तीमा २६ ठूला हमलाको मास्टरमाइन्ड मानिएको थियो।

सुरक्षाबलको कारबाहीमा उनी आन्ध्र प्रदेशमा मारेका हुन्। हिडमा पीएलजीए बटालियन नं. १ का प्रमुख थिए । उनी सीपीआई (माओवादी) केन्द्रीय समितिका सबैभन्दा कम उमेरका सदस्य थिए।

सन् २०१३ को दरभा घाटी नरसंहार र २०१७ को सुकमा हमलासहित २६ भन्दा धेरै सशस्त्र हमलामा उनको नाममा जोडिएको छ।

आन्ध्र प्रदेश प्रहरीले सञ्चालन गरेको अभियानमा माडवी हिडमासहित पाँच अन्य माओवादी मारिएका छन्। उनीहरूलाई अल्लूरी सीताराम राजू जिल्लाको मारेदुमिल्ली क्षेत्रमा मारिएको हो।

हिडमाको जन्म १९८१ मा छत्तीसगढको सुकमा जिल्लाको पुवर्ती क्षेत्रमा भएको थियो। उनी पीएलजीए बटालियन नं. १ का प्रमुख बने । त्यसपछि सीपीआई (माओवादी) केन्द्रीय समितिका सबैभन्दा कम उमेरका सदस्य बने ।

१ करोड रुपैयाँको पुरस्कार

मुठभेडमा हिडमासँगै उनकी दोस्रो श्रीमती राजे उर्फ राजक्का पनि मारिइन्। हिडमा उर्फ सन्तोष पीएलजीए बटालियन नं. १ का प्रमुख थिए, जुन सबैभन्दा घातक माओवादी हमला इकाइ मानिन्छ।

उनी सीपीआई (माओवादी) केन्द्रीय समितिमा बस्तर क्षेत्रका एकमात्र आदिवासी सदस्य थिए। उनको टाउकोमा १ करोड रुपैयाँको पुरस्कार थियो

हिडमा कुन–कुन हमलाका मास्टरमाइन्ड ?

सन् २०१० दन्तेवाडा हमला : ७६ सीआरपीएफ जवान मारिए ।
सन् २०१३ झिरम उपत्यका नरसंहार : २७ जनाको मृत्यु, जसमा कांग्रेसका शीर्ष नेता थिए
सन् २०२१ सुकमा–बीजापुर हमला: २२ सुरक्षाकर्मी मारिए ।

यसका अलावा उनले बस्तर क्षेत्रमा वर्षौंसम्म सबैभन्दा घातक माओवादी अपरेसनहरूको अगुवाइ गरे। हिडमाको मृत्युलाई सुरक्षा एजेन्सीहरूले बस्तर क्षेत्रमा माओवादी नेट्वर्कमाथि हालसम्मको सबैभन्दा ठूलो सफलता मानिरहेका छन्।

आन्ध्र प्रदेशका डीजीपी हरिश कुमार गुप्ताले भने, ‘अल्लूरी सीताराम राजू जिल्लाको मारेदुमिल्लीमा प्रहरी र माओवादीबीच मुठभेड भयो। मुठभेड बिहान ६ देखि ७ बजेसम्म चल्यो। यसमा एक शीर्ष माओवादी नेतासहित छ माओवादी मारिए। हाल ठूलो मात्रामा सर्च अपरेशन जारी छ।’

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ०८ बजे

तस्बिरमा हेर्नुहोस्, पोखरा र विराटनगरको प्रतिस्पर्धा 

काठमाडौं– नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा

जथाभावी औषधि सेवन नगर्न मन्त्री डा. गौतमको आग्रह

काठमाडौं– आजदेखि विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह

नेपालले फेरि पायो बीबी माइनस रेटिङ

काठमाडौं– मुलुकको सार्वभौम क्रेडिट रेटिङमा नेपालले सन् २०२५ लागि बीबी

घरजग्गा कारोबार : असोज महिनाको तुलनामा बढ्यो लिखत पारित, पुँजीगत लाभकर भने ४ महिनाकै कमजोर

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को कात्तिक महिनामा असोज महिनाको