भारतीय माओवादीलाई अर्को धक्का, प्रहरी कारबाहीमा मारिए चर्चित कमान्डर हिडमा « Khabarhub

भारतीय माओवादीलाई अर्को धक्का, प्रहरी कारबाहीमा मारिए चर्चित कमान्डर हिडमा


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- चर्चित भारतीय माओवादी कमान्डर हिडमा मारिएका छन् । उनीमाथि भारतीय सरकारले १ करोड रुपैयाँको पुरस्कार राखेको थियो । प्रहरी कारबाहीमा उनीसँगै श्रीमती पनि मारिएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चर्चित माओवादी कमान्डर ४३ वर्षीय माडवी हिडमालाई सुरक्षाबलले एक सर्च अपरेशनका क्रममा मारेको हो ।

हिडमा त्यही नाम हो, जसलाई कम्तीमा २६ ठूला हमलाको मास्टरमाइन्ड मानिएको थियो।

सुरक्षाबलको कारबाहीमा उनी आन्ध्र प्रदेशमा मारेका हुन्। हिडमा पीएलजीए बटालियन नं. १ का प्रमुख थिए । उनी सीपीआई (माओवादी) केन्द्रीय समितिका सबैभन्दा कम उमेरका सदस्य थिए।

सन् २०१३ को दरभा घाटी नरसंहार र २०१७ को सुकमा हमलासहित २६ भन्दा धेरै सशस्त्र हमलामा उनको नाममा जोडिएको छ।

आन्ध्र प्रदेश प्रहरीले सञ्चालन गरेको अभियानमा माडवी हिडमासहित पाँच अन्य माओवादी मारिएका छन्। उनीहरूलाई अल्लूरी सीताराम राजू जिल्लाको मारेदुमिल्ली क्षेत्रमा मारिएको हो।

हिडमाको जन्म १९८१ मा छत्तीसगढको सुकमा जिल्लाको पुवर्ती क्षेत्रमा भएको थियो। उनी पीएलजीए बटालियन नं. १ का प्रमुख बने । त्यसपछि सीपीआई (माओवादी) केन्द्रीय समितिका सबैभन्दा कम उमेरका सदस्य बने ।

१ करोड रुपैयाँको पुरस्कार

मुठभेडमा हिडमासँगै उनकी दोस्रो श्रीमती राजे उर्फ राजक्का पनि मारिइन्। हिडमा उर्फ सन्तोष पीएलजीए बटालियन नं. १ का प्रमुख थिए, जुन सबैभन्दा घातक माओवादी हमला इकाइ मानिन्छ।

उनी सीपीआई (माओवादी) केन्द्रीय समितिमा बस्तर क्षेत्रका एकमात्र आदिवासी सदस्य थिए। उनको टाउकोमा १ करोड रुपैयाँको पुरस्कार थियो

हिडमा कुन–कुन हमलाका मास्टरमाइन्ड ?

सन् २०१० दन्तेवाडा हमला : ७६ सीआरपीएफ जवान मारिए ।
सन् २०१३ झिरम उपत्यका नरसंहार : २७ जनाको मृत्यु, जसमा कांग्रेसका शीर्ष नेता थिए
सन् २०२१ सुकमा–बीजापुर हमला: २२ सुरक्षाकर्मी मारिए ।

यसका अलावा उनले बस्तर क्षेत्रमा वर्षौंसम्म सबैभन्दा घातक माओवादी अपरेसनहरूको अगुवाइ गरे। हिडमाको मृत्युलाई सुरक्षा एजेन्सीहरूले बस्तर क्षेत्रमा माओवादी नेट्वर्कमाथि हालसम्मको सबैभन्दा ठूलो सफलता मानिरहेका छन्।

आन्ध्र प्रदेशका डीजीपी हरिश कुमार गुप्ताले भने, ‘अल्लूरी सीताराम राजू जिल्लाको मारेदुमिल्लीमा प्रहरी र माओवादीबीच मुठभेड भयो। मुठभेड बिहान ६ देखि ७ बजेसम्म चल्यो। यसमा एक शीर्ष माओवादी नेतासहित छ माओवादी मारिए। हाल ठूलो मात्रामा सर्च अपरेशन जारी छ।’

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ०८ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत