पाकिस्तानमा पोलियोको जोखिम कायमै « Khabarhub

पाकिस्तानमा पोलियोको जोखिम कायमै


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा पोलियो रोगविरुद्ध खोप अभियान सञ्चालनमा आएको छ । पाकिस्तानका स्वास्थ्यमन्त्री मुस्तफा केमालले मुलुकका ४ करोड ५० लाख बालबालिकालाई पोलियो खोप दिइने अभियानको शुभारम्भ गरेका हुन् ।

उनले यस वर्ष अघिल्लो वर्ष सन् २०२४ को तुलनामा पाकिस्तानमा पोलियो रोगका बिरामीको सङ्ख्या घटेको भन्दै सन्तोष व्यक्त गरेका छन् ।

अघिल्लो वर्ष पाकिस्तानमा ७४ जनामा पोलियो रोगको सङ्क्रमण फेला परेको थियो । यस वर्ष भने पोलियो रोगीको सङ्ख्या ३० मा सीमित छ ।

यस वर्ष सबैभन्दा धेरै खैबर पख्तुनख्वा प्रान्तमा पोलियोका बिरामी भेटिएका छन् । यस प्रान्तमा १९ जनामा पोलियो भेटिएको छ ।

पोलियोविरुद्धको खोप अभियान सञ्चालनमा आएपनि विभिन्न कारणले पोलियो उन्मूलन हुन सकेको छैन । संरचनागत खराबी, खोप लगाउन आनाकानी, पोलियो खोपकर्मीमाथि आक्रमण, दुष्प्रचारजस्ता कारणले पाकिस्तानमा पोलियो उन्मूलन हुन नसकेको डन अखबारले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : १९ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई