पाकिस्तानमा पोलियोको जोखिम कायमै « Khabarhub

पाकिस्तानमा पोलियोको जोखिम कायमै


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा पोलियो रोगविरुद्ध खोप अभियान सञ्चालनमा आएको छ । पाकिस्तानका स्वास्थ्यमन्त्री मुस्तफा केमालले मुलुकका ४ करोड ५० लाख बालबालिकालाई पोलियो खोप दिइने अभियानको शुभारम्भ गरेका हुन् ।

उनले यस वर्ष अघिल्लो वर्ष सन् २०२४ को तुलनामा पाकिस्तानमा पोलियो रोगका बिरामीको सङ्ख्या घटेको भन्दै सन्तोष व्यक्त गरेका छन् ।

अघिल्लो वर्ष पाकिस्तानमा ७४ जनामा पोलियो रोगको सङ्क्रमण फेला परेको थियो । यस वर्ष भने पोलियो रोगीको सङ्ख्या ३० मा सीमित छ ।

यस वर्ष सबैभन्दा धेरै खैबर पख्तुनख्वा प्रान्तमा पोलियोका बिरामी भेटिएका छन् । यस प्रान्तमा १९ जनामा पोलियो भेटिएको छ ।

पोलियोविरुद्धको खोप अभियान सञ्चालनमा आएपनि विभिन्न कारणले पोलियो उन्मूलन हुन सकेको छैन । संरचनागत खराबी, खोप लगाउन आनाकानी, पोलियो खोपकर्मीमाथि आक्रमण, दुष्प्रचारजस्ता कारणले पाकिस्तानमा पोलियो उन्मूलन हुन नसकेको डन अखबारले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : १९ बजे

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर