हङकङका सञ्चार उद्यमी एवम् लोकतन्त्रवादी अभियन्ता जिम्मी लाई दोषी ठहर « Khabarhub

हङकङका सञ्चार उद्यमी एवम् लोकतन्त्रवादी अभियन्ता जिम्मी लाई दोषी ठहर


३ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हङकङका सञ्चार उद्यमी एवम् लोकतन्त्रवादी अभियन्ता जिम्मी लाई विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा दोषी ठहर भएका छन् । उनलाई चिनियाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत दोषी ठहर गरिएको हो ।

७८ वर्षीय बेलायती नागरिक जिम्मी सन् २०२० को डिसेम्बर महिनादेखि जेलमा छन् । यस अभियोगमा उनलाई आजीवन कारावास हुनसक्छ ।

उनलाई सजाय भने अर्को वर्ष सुनाइने अपेक्षा गरिएको छ । जिम्मीले हाल सञ्चालनमा नरहेको एप्पल दैनिक अखबारको प्रयोग गरी विदेशी शक्तिसँग साँठगाँठ गरेको अदालतको ठहर छ ।

बीबीसीका अनुसार उनले चीन र हङकङमाथि प्रतिबन्ध लगाउनका लागि विदेशी सरकारसँग अभियान सञ्चालन गरेको ठहर गरिएको छ । हङकङका प्रमुख कार्यकारी जोन लीले अदालतको आदेशको स्वागत गर्दै जिम्मीका गतिविधिले हङकङका नागरिकको कल्याण र राष्ट्रिय हितमा हानि पुर्‍याएको टिप्पणी गरेका छन् ।

जिम्मीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् । अधिकारवादी संस्थाहरुले भने यसलाई न्यायिक नाटकको संज्ञा दिएका छन् ।

विशेषगरी चीनले लागू गरेको राष्ट्रिय सुरक्षा कानुन नै विवादमा मुछिने गरेको छ । आफ्नो आलोचना दबाउनका लागि चीनले यो कानुन लागू गरेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहीबार  ३ : ४७ बजे

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका

आगामी निर्वाचनमा म्याग्दीमा उज्यालो नेपाल पार्टीको समर्थन पुनलाई

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा