अर्थसंक्षेप : भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, १९ अंकले बढ्यो नेप्से र ११ ब्रोकरलाई कारबाहीको डण्डा « Khabarhub

अर्थसंक्षेप : भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, १९ अंकले बढ्यो नेप्से र ११ ब्रोकरलाई कारबाहीको डण्डा


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

कारोबारको विवरण नबुझाएको भन्दै धितोपत्र बोर्डले चलायो ११ ब्रोकरलाई कारबाहीको डण्डा

नेपाल धितोत्र बोर्डले ११ ब्रोकर कम्पनीलाई चेतावनी सहितको पत्र पठाएको छ । ब्रोकरले अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा बुझाउनुपर्ने कारोबार विवरण नबुझाएको भन्दै चेतावनी दिएको हो ।

सम्पत्ति शुद्धीकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ को व्यवस्थाको परिपालना नगरेको भन्दै चेतावनी दिएको हो ।

धितोपत्र कम्पनीहरूले दैनिक कारोबार विवरण नराखेको र अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा पेस नगरेपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ (फ) अनुसार कारबाही गरेको हो ।

प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकारबीच समझदारी

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन

एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी 

गभर्नर नियुक्तिको चर्चाले शेयर बजारमा फर्कियो रौनक

आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने चर्चा चलेसँगै शेयर बजारमा रौनक फर्किएको छ ।

सोमबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३० अंकले बढेको छ । आज नेप्से ०.७४ प्रतिशतले बढेर २६२८.३६ विन्दुमा पुगेको छ ।

आज नेप्से बढ्दा ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता शेयर कारोबार भएको छ ।

टाटा ईभी प्रि-बजेट एक्सचेन्ज फेस्ट जेठ ७ सम्म

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न गठित उपसमिति सुरूमै विवादमा परेको छ ।

भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धनमा तानिएकी नेपाली कांग्रेसकी समानुपातिक सांसद मञ्जु खाँणलाई संयोजक बनाएसँगै उपसमिति विवादमा परेको हो ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आइतबार खाँणलाई भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारको खोजबिन गर्ने उपसमितिको संयोजक चयन गरेको थियो ।

तर उक्त उपसमितले पूर्णता पाएलगत्तै विवादमा परेको हो । आइतबार बसेको लेखा समितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकणमा समेत विवादमा तानिएकी खाँणलाई संयोजक बनाएसँगै असन्तुष्टि देखिएको हो ।

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

सरकारलाई कांग्रेसकै सांसदले सोधे- ट्रकमा भेटिएको २५ करोडका मालिक को हुन् ?

सात वर्षमा पनि पूरा भएन दैजी–जोगबुढा सडक

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । 

सोमवार विराटनगर स्थित प्रदेश सभा भवनमा बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १ सय ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : ५९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर