रास्वपालाई कांग्रेसको जवाफ- भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन « Khabarhub

रास्वपालाई कांग्रेसको जवाफ- भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् । 

बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले मानिसहरू भिजिट भिसाका माध्यमबाट बाहिर गएकाले त्यसलाई मानव तस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका हुन् । 

भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषी किटान गर्न नमिल्ने उनले बताए । 

भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने जिकिर गरे ।

घिमिरेले संदनमा देखिएको समस्या केही दिनमा नै समाधान हुने उल्लेख गरे। 

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ६ : ०९ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा