आरआरमा लोकेश नेतृत्वको स्ववियुलाई वैधानिकता « Khabarhub

आरआरमा लोकेश नेतृत्वको स्ववियुलाई वैधानिकता


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सम्बन्धी लामो समयदेखि चल्दै आएको विवाद अन्ततः टुंगोमा पुगेको छ। उच्च अदालत पाटनले रिट खारेज गर्दै स्ववियुलाई पूर्ण रुपमा वैधानिकता प्रदान गरेको हो।

विनोदराज जोशीले र रविन राज खत्रीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले दुवै रिट खारेज गर्ने फैसला गरेको हो। वादीहरुले स्ववियु गठनमा आफूहरूलाई समावेश नगरिएको र प्रक्रियागत त्रुटि भएको दाबी गर्दै रिट दायर गरेका थिए।

नेविसंघका  असन्तुष्ट समूहले आफूहरूको जानकारी विना स्ववियु समिति घोषणा गरिएको आरोप लगाउँदै रिट दायर गरेका थिए। तर, अदालतले माग अनुरूप स्ववियु खारेज गर्नु पर्ने कुनै वैधानिक आधार नभएको ठहर गरेको छ।

यो फैसलासँगै स्ववियु अध्यक्ष लोकेश कुमार खड्का नेतृत्वमा रहेको वर्तमान स्ववियुले विधिवत रूपमा आफ्नो कार्यकाल अगाडि बढाउने भएको छ।

यसअघि स्ववियु गठन प्रक्रियामै असहमति जनाउँदै केही समूहले निरन्तर विवाद गर्दै आएका थिए। अदालतको आदेश सँगै अब स्ववियु आफ्ना नियमित काममा अघि बढ्ने र भाजो हाल्ने काम कसैले गर्न नहुने स्ववियु अध्यक्ष लोकेश कुमार खड्का भने ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ६ : ५२ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड