संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि सूचनाको हक महत्त्वपूर्ण छ : गृहमन्त्री लेखी « Khabarhub

संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि सूचनाको हक महत्त्वपूर्ण छ : गृहमन्त्री लेखी


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकार गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि सूचनाको हक महत्त्वपूर्ण रहेको  बताएका छन् ।

विश्व फोटोग्राफी दिवसको अवसरमा गृह,सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा महोत्तरीको बर्दिबासमा सञ्चालन भएको ‘सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृह, सञ्चार तथा कानुन मन्त्री लेखीले संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि राज्यको हरेक गतिविधिको विषयमा प्रत्येक नागरिकले सुसूचित हुन आवश्यक रहेको बताए । 

उनले लोकतन्त्रको विशेषताहरू मध्ये सूचनाको हक महत्त्वपूर्ण रहेको बताउँदै भने,‘ सूचनाको हक कार्यान्वयनमा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण भए पनि तथ्यहीन समाचार सम्प्रेषण र कपि पेष्ट प्रवृत्तिले सञ्चार क्षेत्रको विश्वसनीयता गुम्दै जानू दुखद छ । 

सरकारी निकायहरूको अभिलेखीकरण व्यवस्थित हुन नसक्नु,आवश्यक सुचना आम जनतालाई यथाशीघ्र उपलब्ध गराउन नसक्नु अथवा सुचना उपलब्ध गराउन नचाहनु दुखद भएको हुँदा मेरो नेतृत्वको मन्त्रालयले सूचनाको हक कार्यान्वयन गर्न कुनै कसर नरहने गरी अगाडि बढ्ने छु ।’ 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : ०७ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,