संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि सूचनाको हक महत्त्वपूर्ण छ : गृहमन्त्री लेखी « Khabarhub

संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि सूचनाको हक महत्त्वपूर्ण छ : गृहमन्त्री लेखी


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकार गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि सूचनाको हक महत्त्वपूर्ण रहेको  बताएका छन् ।

विश्व फोटोग्राफी दिवसको अवसरमा गृह,सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा महोत्तरीको बर्दिबासमा सञ्चालन भएको ‘सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृह, सञ्चार तथा कानुन मन्त्री लेखीले संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि राज्यको हरेक गतिविधिको विषयमा प्रत्येक नागरिकले सुसूचित हुन आवश्यक रहेको बताए । 

उनले लोकतन्त्रको विशेषताहरू मध्ये सूचनाको हक महत्त्वपूर्ण रहेको बताउँदै भने,‘ सूचनाको हक कार्यान्वयनमा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण भए पनि तथ्यहीन समाचार सम्प्रेषण र कपि पेष्ट प्रवृत्तिले सञ्चार क्षेत्रको विश्वसनीयता गुम्दै जानू दुखद छ । 

सरकारी निकायहरूको अभिलेखीकरण व्यवस्थित हुन नसक्नु,आवश्यक सुचना आम जनतालाई यथाशीघ्र उपलब्ध गराउन नसक्नु अथवा सुचना उपलब्ध गराउन नचाहनु दुखद भएको हुँदा मेरो नेतृत्वको मन्त्रालयले सूचनाको हक कार्यान्वयन गर्न कुनै कसर नरहने गरी अगाडि बढ्ने छु ।’ 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : ०७ बजे

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका