अर्थसंक्षेप : लगानीकर्तालाई अवसर, कर्जामा पाँच वर्षयताकै सस्तो ब्याज, गृहद्वारा हालसम्मकै धेरै बेरुजु फर्छ्यौट र ६.५१ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : लगानीकर्तालाई अवसर, कर्जामा पाँच वर्षयताकै सस्तो ब्याज, गृहद्वारा हालसम्मकै धेरै बेरुजु फर्छ्यौट र ६.५१ अंकले बढ्यो नेप्से


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीले भने- सरकारले व्यवसायीमैत्री नीति लिएको छ, ढुक्क भएर लगानी गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीति लिएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार व्यवसायीमैत्री नीतिका साथ विकासको बाटोमा तीव्र गतिले अघि बढिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका हुन् ।

अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेकाले लगानी र काम गर्न कुनै बाधा नरहेको उनले बताए । प्रधानमन्त्री ओलीले अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

उनले उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरू बन्ने क्रममा रहेका, अन्तर्राष्ट्रिय विमानस्थल थपेको, हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोगमा ल्याउन लागेको धारणा राखे ।

सरकारका सबै प्रयासको ध्येय विकास र समृद्धि भएकाले देशका लागि योगदान दिन उनले व्यवसायीहरूलाई आग्रह समेत गरे ।

नाडा अटो शोमा उड्ने कार हेर्न ओइरिए दर्शक (तस्बिरहरू)

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व संकलन

फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

६.५१ अंकले बढ्यो नेप्से, कारोबार ६ अर्ब तल खुम्चियो

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा ६.५१ अंकले नेप्से बढेको छ ।

नेप्से बढेपनि सोमबारको तुलनामा भने कारोबार रकम घटेर ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँमा कारोबार रकम खुम्चिएको हो ।

मंगलबारको सेयर कारोबारमा १४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो ।

सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री प्रति नेप्सेको चासो 

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७‍.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्यौट

बेरुजु फर्छ्यौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता बढेको छ ।

गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो वर्षमा आ व २०८१/०८२ मा हालसम्मकै उच्च २ अर्ब ३६ करोड १२ लाख ६३ हजार रुपैयाँ बेरुजु रकम गृह मन्त्रालयले फर्छ्यौट तथा गरेको छ ।

अघिल्लो आर्थिक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत कुल बेरुजु ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार फर्छ्यौट बाँकी रहेको थियो ।

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

नबिलको ‘एन आई ३१’ म्यचुअल फण्डमा आवेदन दिने अन्तिम दिन

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७‍.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

लगानीकर्ताका लागि उत्तम समय : कर्जामा पाँच वर्षयताकै सस्तो ब्याज

नेपालको बैंकिङ क्षेत्रबाट प्रवाहित हुने कर्जाको ब्याजदर पाँच वर्ष यताकै कम भएको छ । ऋण लिएर उद्योग व्यवसाय गर्नेहरूका लागि यो उपयुक्त समय भएको उद्योगी व्यवसायीहरूको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ०७८ असारमा वाणिज्य बैंकले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर ८.४३ प्रतिशत थियो । ०७९ र ०८० साल असारसम्म आइपुग्दा सो ब्याजदर क्रमशः वृद्धि भएर ११.६२ र १२.३० सम्म पुग्यो ।

त्यसपछि ओरालो लागेको कर्जाको ब्याजदर गत जेठ महिनासम्म आइपुग्दा ७.९९ प्रतिशतमा आइपुगेको छ । जुन ब्याजदर पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा कम हो ।

पछिल्लो दुई महिना यता नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको एकीकृत तथ्यांक प्रकाशित नगरेको भएपनि मुद्दतीतर्फको ब्याजदर निरन्तर घट्दा जेठ महिनाको तुलनामा असार र साउन महिनामा पनि बैैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाको ब्याजदरमा थप गिरावट आएको छ ।

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासन

नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी, विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ७ : ०७ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला