प्रधानमन्त्री कार्कीको दाबी : ३५ वर्षमा गिराइएको प्रहरीको मनोबल उठाउँदै छौँ, अब एक्सनमा जान्छ « Khabarhub

प्रधानमन्त्री कार्कीको दाबी : ३५ वर्षमा गिराइएको प्रहरीको मनोबल उठाउँदै छौँ, अब एक्सनमा जान्छ


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले देशभरको सुरक्षा संयन्त्रलाई मजबुत बनाउने काम तीव्र गतिमा भइरहेको बताएकी छन्। बुधबार बसेको सर्वदलीय बैठकमा उनले दलहरूद्वारा लगाइएका पछिल्ला आरोपबीच सरकारले प्रहरीको मनोबल उकास्ने काम गरिरहेको बताएकी छन् ।

उनलेपछिल्ला दुई महिनामा सरकारको प्राथमिकता नै प्रहरी संगठनलाई पुनःस्थापित र सक्षम बनाउने रहेको बताएकी छन् । उनले भनिन्, ‘३५ वर्षमा घटाइएको मनोबल एकपछि अर्को गरी उठाउँदै छौँ। प्रत्येक प्रहरी कर्मचारीले गर्व गर्न सक्ने संगठन बनाउन लागिरहेका छौँ।’

प्रधानमन्त्रीले केही दिनयता आएको आलोचनालाई राजनीतिक प्रहारको रूपमा चित्रण गरिन्। उनले गैरघातक सामग्री, सुरक्षासम्बन्धी बन्दोबस्ती र आवश्यक फाइल प्रक्रियामा ढिलाइ सरकारले गरेको भन्ने आरोप तथ्यहीन रहेका बताइन्। ‘हामीले कुनै सामग्री रोकेका छैनौँ। बरु रोकिएका काम फटाफट अघि बढाएका छौँ,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले विगतमा प्रहरीलाई दुरुपयोग गरिएको उल्लेख गर्दै यसले संगठनको आत्मविश्वास कमजोर बनाएको बताइन्। ‘नेताहरुका आफन्तका घरमा भाँडा माझ्नसम्म प्रहरी खटाइन्थ्यो। हामीले त्यो प्रथा अन्त्य गरेका छौँ। अब भन्नुहोस्, मनोबल कसले घटायो र कसले उठायो?’, उनले भनिन् ।

प्राविधिक र प्रशासनिक तयारी दुवै पक्षबाट सुधार देखिएको उनले बताइन् । भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा लुटिएका ८२१ हतियार फिर्ता भइसकेको, सात हजार कैदीबन्दी नियन्त्रणमा आइसकेको र प्रहरीभित्र नयाँ नेतृत्व सक्रिय भइसकेको उनले जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले प्रहरी, सीआईबी र अख्तियारलगायत निकायसँग संयोजन गर्दै गम्भीर अपराधका अनुसन्धानलाई तीव्र बनाइएकाले परिणाम आउन समय लाग्न सक्ने पनि स्पष्ट पारिन्।

बैठकमा १२५ दलमध्ये ११० भन्दा बढी दलको उपस्थिति रहेको थियो। प्रधानमन्त्री कार्कीले सबै दललाई निष्पक्ष र कम खर्चको निर्वाचनका लागि साथ दिन पनि आग्रह गरिन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : १७ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट