भारतले पहिलो पटक अमेरिकाको पश्चिमी तटमा पठायो हवाइ इन्धन « Khabarhub

भारतले पहिलो पटक अमेरिकाको पश्चिमी तटमा पठायो हवाइ इन्धन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले पहिलो पटक अमेरिकाको पश्चिमी तटमा हवाइ इन्धन पठाएको गरेको छ । गत अक्टोबरमा दक्षिणी क्यालिफोर्नियाको एल सेगुन्दो प्रशोधन केन्द्रमा आगलागी भएपछि हवाइ इन्धन उत्पादन ठप्प भएको थियो ।

आगलागीका कारण सेभरन कम्पनीको दैनिक २ लाख ८५ हजार ब्यारेल हवाइ इन्धन उत्पादन गर्ने कारखाना बन्द भएपछि भारतले त्यसतर्फ इन्धन पठाएको हो । भारतले त्यसतर्फ पठाएको इन्धनको परिमाण ६० हजार मेट्रिक टन (४ लाख ७२ हजार ब्यारेल) रहेको इकोनोमिक टाइम्सले जनाएको छ ।

उक्त परिमाणको इन्धन गत अक्टोबर २८ र २९ मा भारतको जामनगर बन्दरगाहबाट हफिना कलाङ नामक पानामाक्स ट्याङ्करमा लोड गरिएको थियो । केप्लर, एलएसईजी र चार व्यापार स्रोतका अनुसार सो बन्दरगाह क्षेत्रमा भारतीय कम्पनी रिलायन्स इण्डस्ट्रिजको प्रशोधन केन्द्र सञ्चालनमा छ ।

यो जहाजलाई क्यासलटन कमोडिटिजले चार्टर गरेको हो । जहाज डिसेम्बर महिनाको शुरुतिर लस एन्जल्स पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : ०४ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष