भारतको निर्यातमा लगातार वृद्धि « Khabarhub

भारतको निर्यातमा लगातार वृद्धि


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको निर्यातमा लगातार वृद्धि भइरहेको पाइएको छ । आर्थिक वर्ष सन् २०२५ को पहिलो सात महिनामा भारतको निर्यात ४.८४ प्रतिशतले वृद्धि भएको छ ।

भारतीय वाणिज्य मन्त्रालयका अनुसार वर्ष सन् २०२५ को अप्रिलदेखि अक्टोबर महिनासम्म निर्यातमा उल्लेख्य वृद्धि भएको हो । गत वर्ष यस अवधिमा भारतले ४ खर्ब ६९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गरेको थियो ।

यद्यपि यस वर्ष यस अवधिमा भारतको निर्यात ४ खर्ब ९१ अर्ब अमेरिकी डलर पुगेको छ । जीबिजका अनुसार भारतले यस अवधिमा गैर पेट्रोलियम पदार्थको निर्यातमा वृद्धि भएको छ ।

यस अवधिमा भारतले २ खर्ब १९ अर्ब अमेरिकी डलर बराबरको गैरपेट्रोलियम पदार्थको निर्यात गरेको थियो । अघिल्लो वर्ष यही अवधिमा भारतको गैरपेट्रोलियम पदार्थको निर्यात २ खर्ब ११ अर्ब डलर बराबर रहेको थियो ।

विद्युतीय सामग्रीको निर्यातमा पनि वृद्धि देखिएको छ । अघिल्लो वर्ष यस अवधिको तुलनामा यस्ता सामग्रीको निर्यात १९ प्रतिशतले बढेर ४ अर्ब डलर पुगेको छ ।

त्यसैगरी, मासु, दूग्ध र कुखुराजन्य सामग्रीको निर्यात पनि ३१ प्रतिशतले बढेको छ भने समुद्री उत्पादनको निर्यातमा ११ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : ३५ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै