भारतको निर्यातमा लगातार वृद्धि « Khabarhub

भारतको निर्यातमा लगातार वृद्धि


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको निर्यातमा लगातार वृद्धि भइरहेको पाइएको छ । आर्थिक वर्ष सन् २०२५ को पहिलो सात महिनामा भारतको निर्यात ४.८४ प्रतिशतले वृद्धि भएको छ ।

भारतीय वाणिज्य मन्त्रालयका अनुसार वर्ष सन् २०२५ को अप्रिलदेखि अक्टोबर महिनासम्म निर्यातमा उल्लेख्य वृद्धि भएको हो । गत वर्ष यस अवधिमा भारतले ४ खर्ब ६९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गरेको थियो ।

यद्यपि यस वर्ष यस अवधिमा भारतको निर्यात ४ खर्ब ९१ अर्ब अमेरिकी डलर पुगेको छ । जीबिजका अनुसार भारतले यस अवधिमा गैर पेट्रोलियम पदार्थको निर्यातमा वृद्धि भएको छ ।

यस अवधिमा भारतले २ खर्ब १९ अर्ब अमेरिकी डलर बराबरको गैरपेट्रोलियम पदार्थको निर्यात गरेको थियो । अघिल्लो वर्ष यही अवधिमा भारतको गैरपेट्रोलियम पदार्थको निर्यात २ खर्ब ११ अर्ब डलर बराबर रहेको थियो ।

विद्युतीय सामग्रीको निर्यातमा पनि वृद्धि देखिएको छ । अघिल्लो वर्ष यस अवधिको तुलनामा यस्ता सामग्रीको निर्यात १९ प्रतिशतले बढेर ४ अर्ब डलर पुगेको छ ।

त्यसैगरी, मासु, दूग्ध र कुखुराजन्य सामग्रीको निर्यात पनि ३१ प्रतिशतले बढेको छ भने समुद्री उत्पादनको निर्यातमा ११ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : ३५ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग