जानकी नवमीमा राष्ट्रिय बिदा दिन जनकपुरधामका साधुसन्तको माग  « Khabarhub

जानकी नवमीमा राष्ट्रिय बिदा दिन जनकपुरधामका साधुसन्तको माग 


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामका साधुसन्तहरुले जानकी नवमीमा राष्ट्रिय बिदा दिन माग गरेका छन् । आइतबार रामानन्दीय वैष्णव संघले पत्रकार सम्मेलनको आयोजना गरी जानकी नवमीमा राष्ट्रिय बिदा माग गरेका हुन् ।

वैशाख २३ गते जानकी नवमी (जन्मोत्सव) रहेको छ । संघका अध्यक्ष तथा जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासले सो दिन बिदाको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

जानकी नवमीमा प्रदेश सरकारले बिदा दिँदै आएको छ । तर, जानकी (सीता) प्रदेशको मात्र नभई देश गौरवका रूपमा रहेको भन्दै राष्ट्रिय बिदा दिन माग गरेको संघका अध्यक्ष दासले बताए ।

राम नवमी प्रदेशको मात्र नभई देशको गौरव रहेको भन्दै यसलाई राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने बताउँदै महन्थ दासले भने, ‘जानकी नवमीमा राष्ट्रिय बिदा पनि दिइनुपर्छ । जानकी नवमीमा राष्ट्रिय बिदा दिएर सरकारले त्यसलाई पर्यटकसँग जोड्नुपर्नेमा जोड दिनु पर्छ ।’

यस वर्ष ९ दिनसम्म जानकी नवमी मनाइने साधु समाजको तयारी छ । पहिलो दिन दूधमती नदीमा शाही स्नान गरी रामायण पाठ र रामकथा सबै दिन गरिने महन्थ दासले जानकारी दिए । 

उनका अनुसार रामकथामा राम र सीताका बारेमा धार्मिक गुरुले चर्चा गर्नेछन् । मुख्य दिन जन्म आरती, सन्ध्या आरती र दीप प्रज्वलन गर्ने तालिका छ । जानकी नवमीको अवसरमा मठ मन्दिरले गोष्ठी पनि आयोजना गरी जानकी नवमी मनाउने तयारीमा छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ५ : ०२ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले