आजका समाचार : लिङ्देनसहित राजावादी पक्राउ परेर छुटे, रविद्वारा बन्दीप्रत्यक्षीकरणको रिट र चीनको विद्युत् उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो | Khabarhub Khabarhub

आजका समाचार : लिङ्देनसहित राजावादी पक्राउ परेर छुटे, रविद्वारा बन्दीप्रत्यक्षीकरणको रिट र चीनको विद्युत् उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका छन् । शनिबार जुम्ला पुगेका उनले तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको अवलोकन गरेका हुन् ।

आयोजना अनुगमनपछि सञ्चारकर्मीसँगको छलफलमा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका स्थानीयले वर्षौँदेखि भोग्दै आएका खानेपानीसहित विविध समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘यहाँका विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिने अवसर पाएँ । ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा काम गर्दै जानेछौँ’, उनले भने ।

घट्दै छ याकको सङ्ख्या : मन्त्रीले भने- चौँरी पालनका लागि सङ्गठित प्रयास आवश्यक

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

रिहा भए राप्रपा अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरू

आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् ।

आइतबारको प्रदर्शनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सरकारको कदमको निन्दा गरेलगत्तै नेता-कार्यकर्ता रिहा भएका हुन् ।

आइतबार दिउँसो सिंहदरबार परिसर र सडकबाट पक्राउ परेका अध्यक्ष लिङ्देनसहित सबै नेता-कार्यकर्ताहरू रिहा भएका हुन् ।

लिङ्देनका सचिवालय सदस्य छत्र कठायतले खबरहबसँग भने, ‘ आज पक्राउ पर्नुभएका सबै नेता-कार्यकर्ता विनाशर्त रिहा हुनुभएको छ ।’

सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन

सिंहदरबारबाटै अध्यक्षसहितका नेता पक्राउ परेपछि राप्रपाले भन्यो- सरकार सर्वसत्तावादी र निरंकुश

राप्रपा बिजुली बजारबाट निषेधित क्षेत्रसम्म जाँदै, संसद् भवनअगाडि ठूलो संख्यामा प्रहरी तैनाथ

मूलसडकमा अवरोध हुँदा थापागाउँ क्षेत्रमा सवारी चाप (तस्बिरहरू)

राजावादीबारे प्रचण्डले भने- निरंकुशताको वकालत गर्ने आन्दोलन होइन, अपराध हो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता ल्याउने उद्देश्यले गरिने कुनै पनि क्रियाकलाप आन्दोलन हु्न नसक्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निरंकुशता मागेर गरिने आन्दोलनलाई अपराधको संज्ञा दिए ।

विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै दाहालले राजनीतिक दलहरूमा देखा परेको रोगको भने उपचार गरिनुपर्ने बताएका छन् ।

दलहरूमा लागेको रोगको उपचारका लागि गहन समीक्षा आवश्यक रहेको उनले उल्लेख गरे । संविधान जारी गर्दा दलहरूबीच १० वर्षपछि समीक्षा गर्ने सहमति भएको स्मरण गराउँदै उनले त्यसको समय अब आएको बताए। संविधानको समीक्षा गर्दा पछाडि फर्किन नहुने उनको भनाइ छ ।

प्रचण्डले भने- अहिले नै गणतन्त्रमाथि कुनै खतरा छैन

प्रचण्ड भन्छन्- पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन बन्देज छैन

एक प्रदेश नेता र दुई जिल्ला सदस्यसहित ७१ जनाले छाडे एमाले, रावलको अभियानमा प्रवेश

इतिहासको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ, संस्कृति छोड्नै नहुने पक्ष हो : प्रधानमन्त्री ओली

गैरआवासीय नेपालीलाई उद्योग वाणिज्य महासङ्घको अनुरोध- आम्दानीको केही प्रतिशत मातृभूमिमा लगाउनुस्

मोदी नआए पनि आउँदैछन् एकपछि अर्का भारतीय मन्त्री

सहकारी ठगीमा थुनिएका रविको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन परेको छ ।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको गत चैत २२ गतेको आदेशले पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।

लामिछानेलाई गैरकानुनी थुनाबाट मुक्त गराउन माग गर्दै दायर गरिएको उक्त रिटमा सोमबारलाई पेशी तोकिएको छ ।

लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध सर्वोच्चमा निवेदन परिसकेको छ ।

उक्त निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितका कागजात झिकाउने आदेश गरिसकेको ।

जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

कमिसनको खेलमा विकासिय योजनाका चिट्ठी बिक्री भएको भन्दै शिक्षा विकास कार्यालय सप्तरीमा तालाबन्दी

योजनाको चिट्ठी सम्बन्धित वडा कार्यालयमा नपुगेको भन्दै शिक्षा विकास कार्यालय सप्तरीमा तालाबन्दी गरिएको छ ।

जिल्लास्थित विद्यालयहरूको शिक्षा विकास तथा भौतिक निर्माण कार्यका लागि मधेश प्रदेशबाट पठाइएको चिठ्ठीहरू अझै वडा कार्यालयसम्म नपुगेको भन्दै विभिन्न पार्टीका नेता कार्यकलाहरूले शिक्षा विकास कार्यालयमा तालाबन्दी गरेका हुन् ।

विकासिय योजनाका चिठ्ठीहरू सम्बन्धित वडा कार्यालयमा पुग्नु अगावै प्रदेशको राजधानी जनकपुरबाटै कमिसन लिएर बिक्री गरिएको विरोधमा तालाबन्दी गरिएको नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव तुलसी थारूले बताए ।

चौधरीले भने, ‘अधिकांश विकासीय योजनाका चिठ्ठीहरू प्रदेश राजधानी जनकपुरमै कमिसन लिई बिक्री गरेको तथा बाँकी रहेका चिठीहरू व्यक्ति व्यक्तिहरूले कमिसन लिएर बेच्ने गरेको थाहा पाएपछि तालाबन्दी गर्न बाध्य भयौँ ।’

त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी पक्राउ, सात दिनको म्याद थप

वर्षाले हिलाम्मे सूर्यविनायक-धुलिखेल सडक दुईतर्फी खुल्यो (तस्बिरहरू)

वर्षाका कारण सडक चिप्लो भएर एकतर्फी सञ्चालन गरिएको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक अहिले भने सामान्य अवस्थामा नै सञ्चालनमा आएको छ ।

वर्षा भएपछि शनिबार सडक एकतर्फी सञ्चालन गरिएको थियो । काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेको थियो भने अहिले अवस्था सामान्य रहेको ट्राफिक कार्यालय भक्तपुरले जनाएको छ ।

बानेश्वरको निषेधित क्षेत्रमा राप्रपाको प्रदर्शन (तस्बिरहरू)

समयमै वर्षा भएपछि महोत्तरीका किसान खुसी 

आगलागी पीडितका गुनासा : नेताहरूले अवस्था हेरे, व्यवस्था गरेनन्

राजावादी आन्दोलनले दुई घण्टामै सकियो शिक्षकको प्रदर्शन

चारकोसे जङ्गलमा कार दुर्घटना, एकजनाको मृत्यु 

अर्थसंक्षेप : नेपाल बैंकको नाफा २ अर्बमाथि, १६ अंकले घट्यो नेप्से र चीनको विद्युत उत्पादन क्षमता १४.६ प्रतिशतले वृद्धि

चीनको विद्युत् उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो

चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो।

राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, हावाबाट उत्पादन हुने विद्युत्को क्षमता ५४ करोड किलोवाट पुगेको छ, जसमा १७.२ प्रतिशतले वृद्धि देखिएको छ।

यस वर्षको पहिलो तीन महिनामा चीनका ठूला विद्युत् कम्पनीहरूले विद्युत् उत्पादन योजनामा १३२ अर्ब २० करोड चिनियाँ मुद्रा बराबरको लगानी गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले कम हो।

नासाका सबैभन्दा वृद्ध अन्तरिक्षयात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण रोकिएन : जेलेन्स्की

अस्ट्रेलियाको तटमा ठूलो छाल : डुबेर ६ जनाको मृत्यु

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

भेनेजुएलालीको डिपोर्ट रोक्न प्रशासनलाई अमेरिकी अदालतको आदेश

रुस र युक्रेनले गरे ३० घण्टाका लागि युद्ध विराम

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ८ : ०५ बजे

जलविद्युत् आयोजनाले पानी नछाड्दा चैते धान रोप्न समस्या

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को

१६ करोड बढीको कण्डम आयात

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।