तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द « Khabarhub

तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द गरेको छ। अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै इरानका रहेको आफ्नो दूतावास बन्द गरेको हो।

अस्ट्रेलियाको यो निर्णयसँगै अमेरिका र इजरायल युद्धका विषयमा संसारका धेरै देशले प्रतिक्रिया दिन थालिसकेका छन्।

बेलायती विदेश मन्त्री डेभिड लेमीले अन्य देशका विदेश मन्त्रीसँग भेट गरेका छन्। उनले जेनेभामा आफ्ना फ्रेन्च र जर्मन समकक्षीलाई भेट्ने छन्। युरोपेली विदेश नीतिका प्रमुख काजा कालास पनि सो कार्यक्रममा उपस्थित हुने छन्।

अमेरिकाले इरानका आक्रमण गर्नका लागि दुई साताको समय राखेका कारण यस बिचमा अमेरिका र बेलायतको बिचमा पनि वार्ता हुने अनुमान गरिएको छ।

अमेरिकाले आफ्नो मित्रवत् सम्बन्ध रहेका सबै देशसँग सल्लाह लिएर मात्र वार्ता अघि बढाउने बताएको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : २२ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान