पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज « Khabarhub

पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायका रूपमा काम गर्नेगरी दिइएको अनुमति खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

पेवेल नेपाल प्रालिलाई २०७७ असोज ११ गते र सजिलो पे पेमेन्टलाई २०७७ चैत १७ गते अनुमति दिइएको थियो । 

भुक्तानी तथा फस्र्यौट ऐन, भुक्तानी तथा फस्र्यौट विनियमावली, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विभिन्न प्रावधानको उल्लङ्घन गरेको पाइएकाले ती भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिएको हो ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बिहीबारको निर्णयानुसार ती भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरी आम रूपमा जानकारी दिइएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ०४ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना