कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला « Khabarhub

कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोदावरी–  गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् । स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुलेको बताए। 

नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए। 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : १५ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक