महानगरले गराएको छात्रवृत्ति परीक्षामा १० हजार विद्यार्थी उत्तीर्ण « Khabarhub

महानगरले गराएको छात्रवृत्ति परीक्षामा १० हजार विद्यार्थी उत्तीर्ण


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्तिको लागि सञ्चालन गरेको प्रवेश परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

महानगरको शिक्षा विभागका अनुसार, साउन ३ गते (शनिबार) राजधानीका ५४ वटा परीक्षा केन्द्रहरूमा आयोजित परीक्षामा १४,१७३ जना विद्यार्थी सहभागी भएका थिए । 

कुल १७,२२९ जना आवेदकमध्ये १६,१३७ जनाको आवेदन स्वीकृत भएकोमा १४,१७३ जनाले परीक्षा दिएका थिए । विभागले न्यूनतम ४० अंक (४० प्रतिशत) ल्याउने विद्यार्थीलाई मात्र उत्तीर्ण मानेको छ ।

उत्तीर्ण हुनेमध्ये विज्ञान संकायबाट ८,७५०, व्यवस्थापनबाट १,९५७, कानुनबाट १३५, शिक्षा समूहबाट १९ र मानविकी समूहबाट ६ जना रहेका छन् । परीक्षामा सबैभन्दा बढी विद्यार्थी विज्ञान संकायबाट सहभागी भएका थिए ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित बहु वैकल्पिक १०० प्रश्न सोधिएको थियो, जसमा गणित, विज्ञान, अङ्ग्रेजी र सामान्य ज्ञान विषय समावेश थिए । गलत उत्तरका लागि नकारात्मक अंकन गरिएको थिएन ।

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागले २४ घण्टामै नतिजा प्रकाशित गरेर उदाहरणीय काम गरेको बताएका छन् । 

नतिजा महानगरपालिकाको वेबसाइट मा प्रकाशित गरिएको छ । विद्यार्थीले आफ्नो एसईई सिम्बोल नम्बर, जन्म मिति, र पासवर्ड प्रयोग गरी स्कोर हेर्न सक्नेछन् ।

महानगरअन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयहरूमा ४ हजारभन्दा बढी छात्रवृत्तिका सिटहरू उपलब्ध छन् । विद्यार्थीले परीक्षा फारम भर्ने क्रममा दिएको प्राथमिकता र प्राप्त अङ्कका आधारमा म्याचिङ गरिनेछ ।

यदि कुनै विवरण फरक परेको छ भने २०८२/०४/०५ गतेभित्र शिक्षा विभागमा प्रमाणसहित निवेदन दिन सकिनेछ। त्यसैगरी, नतिजाप्रति चित्त नबुझेको खण्डमा एक हजार रुपैयाँ राजस्व बुझाएर पुनर्योग निवेदन दिन सकिनेछ ।

म्याचिङको पहिलो सूची साउन ६ गते प्रकाशन गरिनेछ। त्यसपछि भर्ना नभएका सिटका लागि दोस्रो चरण र आवश्यक परेमा ह्वासएपमा सूची प्रकाशित गरिने महानगरले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : २३ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका